प्रतीक्षाका पलहरु पनि कति बिशाक्त? पलभरले पनि घन्टौँ पोलिरहने तिखो तीरले झैँ तड्पाइ तड्पाइ नमिठोगरी घोचिरहने । हिजो पर्खाइ रहर बनेर आउँथ्यो आज जहर बनेर आउँछ प्रत्येक पलहरु सेकेन्ड, मिनेट अनि घन्टाहरुमा गन्दा लाग्छ, साँझ जस्तै छ प्रतीक्षा । अनि पर्खाइ हिजो सदाबहार बनेर आउँथ्यो आज पतझड बनेर आउँछ हिजो Read more
म सानो हुँदा थाहा छैन के कति कारण हो कहिले काहिँ आमा भक्कानिएर खुब रुनु हुन्थ्यो मलाई च्याप्प काखमा च्याप्नु हुन्थ्यो मेरो मुख आमाको गालामा जोतिन्थ्यो आमाको आँखाबाट झरेका आँसु मेरो जिब्रोमा पुग्थे मलाई आँसुको स्वाद नुनिलो लाग्थ्यो यो सिलसिला आमा बाँचुन्जेल चल्यो र जहिल्यै आँसुको स्वाद नुनिलो लागिरह्यो । Read more
हल्ला चल्दै छ देशमा छानो जल्दै छ देशमा अन्तै खाएको खान्की ऊ ओकल्दै छ देशमा जेले गराउँछ फाटो त्यो खोतल्दै छ देशमा आशामा आँसु मिसाई हो, हुँडल्दै छ देशमा लोकतन्त्रको जरो को उखल्दै छ देशमा ? (डेनमार्क) Read more
तिमीहरू भएर त यो सहर सहर भएको हो लाखौँको रहर भएको हो जब जब विपतको सङ्केतमा बोक्छौ कुम्लो कुटुरो र छाड्छौ तिमीहरूले सहर रहँदैन सहर सहर जस्तो कुद्दैनन् सहरका रहरहरू प्रतियोगिताका धावकझैँ जबसम्म प्रवेश गर्दैनौ तिमीहरू यो सहरमा रोकिन्छ बेटरी सकिएको अलार्म जसरी वा भनौँ जलकुम्भी झार हो सहरका रहरहरू Read more
“रामेशलाई कोरोना भएछ नि ! ” टोलभरि हल्ला भुसको आगोझैँ फैलियो । रामेशका बाबु बजारमा मेडिकल स्टोरमा काम गर्थे । कोरोनाको दोस्रो लहर तीब्र भएपछि उनले घर आउनै छोडेका थिए । आमा र एउटी बहिनीको साथमा रामेश घरभित्र सुरक्षित बसेको थियो । सुरक्षाका सबै उपाय अपनाएर आमा घर बाहिरको Read more
टोलाउँदै रुँदो हुँ, रुन मुस्कुराउँदो हुँ अभिनय नमिल्न सक्छ, हर्कत नयाँ नयाँ हो बिर्सिन्छु सम्झिँदै म, सम्झिन्छु बिर्सिँदै नि आफैं दोधारमा छु आदत नयाँ नयाँ हो दुख्दा मजा भएपछि कोट्याउँदैछु घाउ किन यही चुन्यौ नसोध यो खत नयाँ नयाँ हो मस्तै गरे प्रशंसा भन्दै नउफ्री हाल्नुस् स्वाभाविकै हो गर्नु, सङ्गत Read more
पुरानो समय । याने मेरो बालापनको । घरमा एउटा चुलेसी थियो । म त्यो चुलेसीलाई खुबै मन पराउँथे । सुलुत्त परेको पातलो जिउ । धारिलो मेरुडण्ड । सरमले निउरिएको टाउको । नाकमा सानो नत्थी । म सम्झन्छु, त्यो चुलेसीले कहिले भान्छा वरिपरी बसेर काम गरिरहेको हुन्थ्यो । Read more