म रहरहरुको शहरमा छु पुजिवादको कंक्रिट जंगलभित्र रोग, भोक र शोकको कहरमा छु । यो शहरमा मान्छे मरेपछि लगिदैन घाटमा लगिन्छ सिधै आइसियु र भेन्टिलेटरमा जहाँ पैसाको बिटामाथि चिता बनाएर जलाइन्छ जिउँदा लाशहरु लाशसगै जल्छन घरबार/खेतबारी/हलगोरु मानौँ बैतरणी गरिन्छ त्यहाँ सेता कोटे पण्डितहरुबाट जहाँ शोकको महासागरमा मान्छेलाई डुबाएर यो शहरले Read more
लुट्नु लुट्यौ देश अब छोडी देऊ! बिग्रे छैन मुहार अब फेरि देऊ!! मर्नु भन्दा भोकै खान नपाएर! भोक मेट्ने बरु गोली पठाइदेऊ!! अन्यायमा परिराछन् निमुखा! गर्व गर्न लायक न्याय बनाइदेऊ!! धेरै गुहार गर्यौँ हामी जनताले! एकै चोटि प्लिज अब सुनिदेऊ!! सधैंभरि जनता रुँदै बस्नु भन्दा! केही क्षणनै बरु खुसी बनाइदेऊ!! Read more
दिलु जहाँ जहाँ जाने गर्थ्यो। गरिब कसैसँग स्तर नमिल्ने भनेर हेपिन्थ्यो। उसका साथीहरु धनी भएकोले जहाँ पनि सम्मान पाउँथे। उनीहरु आफुलाई संसारकै भाग्यमानी थान्थे। दिलुसँग दाजेर हेर्दा झन आनन्द लाग्थ्यो। धनी हुनुको घमण्ड थियो। घरमा बा आमाले पनि उनीहरुलाई खाना सम्म पकाउने सीप सिकाएनन्। उनीहरुका जवानीका दिन आनन्द Read more
खुशी सुखी देखिनु छ मलाइ हेर्नेहरुको नजरमा, बरु पीडा दबाई मुस्कान छर्न परोस यी अधरमा । म मेरो गाउँको झैं आफ्नोपन खोज्दै हिडिरहेँ, यहाँ त बाउ हेर्ने छोरा खाने यस्तै रहेछ सहरमा । भगवानको प्रतिमुर्ती बाआमा लत्याएर आज ऊ, पुण्य कमाउन शिर ठोकिरहेछ शिलामा पत्थरमा । धैर्य गर्नुपर्छ Read more
बारम्बार भोक र पीडामा हुन्छिन् आमा ब्ुाद्धको देशमा हिंसा हुँदा रुन्छिन् आमा । बम र बारुदको गन्ध अझै हराएको छैन वेलावेला बन्दुकको आवाज सुन्छिन् आमा । हातमुख जोर्न मुग्लान पसेकाको यादमा प्रतीक्षा गर्दै आँसुले मुख धुन्छिन् आमा । जिन्दगीको यात्रामा खुशी छाएन कहिल्यै मनका रहरहरु सपनामै बुन्छिन् आमा । दुःख Read more
लोकतान्त्रिक गणतन्त्रको सिनोमाथि छाइरहेको छ - गिद्व र चीलहरुको कहर भुइँमान्छेहरुलाई ढाटेर देशै बेची खाने क्रममा बाँसझैँ बढिरहेको छ - भोका जुकाहरुको रहर यही पीडाले प्रताडित देश छट्पटिइरहेको छ- पानीबाहिर निकालिएको माछोझैँ भयाक्रान्त छ - यतिबेला । अप्रत्याशित रूपमा मसानघाट पुगिरहेका छन् - नेपाली सपनाका राजकुमारहरु धरापमा परिरहेका छन् - Read more
तपाइँलाई कस्तो लाग्छ कमरेड ? गाउँ गाउँका सिंहदरबार सहरभरिका लालदरबार भोकको अलाप रोदनका चित्कार असन्तुष्टिको आगो चोर बसेको चौतारो साधु चढेको शूली आँशु बगेको त्रिशुली कमरेडको केही साइनो त पर्दैन ? तपाइँलाई कस्तो लाग्छ कमरेड ? जंगबहादुरको जँग महेन्द्रको पञ्चायत विपिको समाजवाद मदनको जनवाद पुष्पकमलको प्रचण्डपथ आजको गणतन्त्र तपाइँलाई कस्तो Read more
श्रीकुमारलाई टोलमा नचिन्ने कोही छैनन् भन्दा पनि हुन्छ । हँसिलो र मिजासिलो स्वभावले गदा ऊ परिचितहरुको माझमा लोकप्रिय थियो । महिलाहरूलाई त ऊ असाध्य इज्जत गर्यो । त्यसैले पनि उसको तरकारी पसलमा किनमेलमा लागि महिलाहरूको भीड नै लाग्थ्यो । भान्से, चौकीदार, गाडीको सहचालक हुँदै श्रीकुमार यो ठाउँसम्म आइपुगेको थियो Read more
लेख्दालेख्दैको डायरीबाट भर्खरै उडेर गएको छ कविताजस्तो केही । टिपेर जसलाई……………………. उदाएको छ — फुर्के घाम र, नृत्य गरिरहेको छ छमछमी हाँगा–हाँगा, पात–पात, आँगन–आँगन, कोठाचोटा र बरण्डामा । चम्किरहेछ जून साथमा लिएर थुप्रै पूmच्चे ताराहरु आकाशको कालो पर्दामा प्रत्येक रात । उक्लिरहेका छन् पसिनै पसिना हुँदै आवारा हुस्सुहरु नीला डाँडाहरुको Read more