मुट्ठी बटारेर एक बथान मुर्कुटाहरु सडकभरि पोखिए र नारा लगाए सहिदको सपना साकार पार्छौं ! उसैगरी मलसाँप्राहरुको एउटा जत्था असरल्ल निस्के चोकैभरि र कुर्ले बेजोडले गाँड फुलाएर सहिदको सपना साकार पार्छौं ! जङ्गलबाट एक हुल ब्वाँसाहरु त्यसरी नै छरिए सहरभरि र चिच्याए झन् बेस्मारी चर्कोसँग सहिदको सपना साकार पर्छौं । Read more
(१) फूल लाउँ कि तरकारी बारी बाँजियो जागिर छोडौं, सरकारी बारी बाँजियो के गर्ने ? के नगर्ने ? गाह्रो पर्यो हे प्रभु को भेटिएला मनकारी ? बारी बाँजियो । (२) दक्षिणा फिर्ता माग्नेलाई साधुवाद कर्तव्य छोडी भाग्नेलाई साधुवाद सच्चा देशभक्त नागरिक हुँ भन्दै देश–द्रोहमा लाग्नेलाई साधुवाद । (३) जनै फेर्नै Read more
अचेल तिमी र जून उस्तै उस्तै लाग्छ । हल्दी पितल र सुन उस्तै उस्तै लाग्छ ।। जून आकार बदल्छ र तिमी विचार । र त दोष र गुण उस्तै उस्तै लाग्छ ।। जून आकाशमा छ र छौ धर्तीमा तिमी । तिम्रो खुसी र मनसुन उस्तै उस्तै लाग्छ ।। चिन्न नसके Read more
जङ्गलबाट एकहुल बाँदर सहरतिर पसेछन् । जङ्गलकाअग्ला होचा रूखहरूमा झुन्डिएर तमासा देखाउने बाँदरहरू सहरका अग्ला होचा रूपरङ्ग नमिलेका छरिएका घरहरुलाई रूखै सम्झिन पुगेछन्। सहरका मान्छेहरूका अनुहार अलिअलि आफ्नो अनुहारसँग मिलेको देख्दा तिनीहरूलाई सहररूपी जङ्गलका अर्को थरि बाँदर सम्झिन पुगेछन् । आफूहरू नाङ्गै भएको अवस्थामा सहरका मान्छेहरूको शरीरमा रङ्गिचङ्गी चहकिला Read more
(१) जुन भाँडोमा हाल्यो पानीको उस्तै आकार हुन्छ यौन पिपासुलाई आँसुको हैन मासुको बजार हुन्छ कुरा मात्र ठूला आदर्श प्रेम र समर्पणका व्यवहारमा लमतन्न सुत्नु उनीहरुको संसार हुन्छ । (२) मेरो पीडाको साक्षी एक मात्र अनिदो रात र सिरानी छ त्यही अन्धकारमा घातकै अध्याँरो छ कालो कहानी छ त्यसैले लेख्यो Read more
कतै सजिलो बाटो कतै भिरको बाटो आउ सङ्गै बाँचौ हामी तक्दिरको बाटो । बरु काटेर सिमानामा रगत चढाउनु प्रिय हिँड्नुभन्दा दुस्मनका पाउ यो शिरको बाटो । यसकारण सम्वन्धमा पूर्णविराम लाग्यो, जब हिँड्यो तिम्रो प्रेम शरिरको बाटो । सन्तानकै खुसी किन्नका लागी भनेर बा सधैं हिँड्छन अभाव र पिरको बाटो । (बर्दिया) Read more
जता तान्यो त्यतैतिर तन्किन्छ तलतिर तान्यो-तलैतिर तन्किन्छ माथितिर थुत्यो-माथितिरै थुतिन्छ जता तान्यो-त्यतैतिर तन्किन्छ कण्डम जस्ता मान्छेहरू । टोलमा हेर्यो-टोलमै पनि गाउँमा हेर्यो-गाउँमै पनि जताततै बजारमा पनि कोलेनीमा अनि सहरमा-सबैतिर सजिलै पाइन्छन् सजिलै भेटिन्छन् कण्डम जस्ता मान्छेहरू । मूल्य लाग्छ सामान्य जस्ता महत्व नाप्यो महंगो जस्ता आवश्यकतामा सौदाबाजी हुने नत्र Read more
“ए सरलाकी आमा ! बाहिरको बत्ती किन निभाउन्नौ हँ ? आज पनि रातभरि बत्ती खुलै थियो। आफैँ जान्नुपर्ने हो भने पनि मान्दैनौ।” बिजुली पानीको बेग्लै पैसा नलिने गरी कोठा बहालमा दिएकी र कोठामा पाहुना आएको, बस्नेहरू रातबिरात फर्केकामा उति चित्त नदुखाउने घरबेटी आमाले झर्केझैँ गरी भनिन्। सरलाका बाआमाले Read more