मैले खुशी किन्न, कुन चिज बेचूँ ? बैमानीले जस्तै, कि इमान बेचूँ ? दु:खहरू लुकाई अब सुख पाउन बैगुनीले जस्तै कि सर्वगुण बेचूँ ? पीडाहरू छल्दै अरू हाँसो थप्न अधर्मीले जस्तै कि सत्धर्म बेचूँ ? पीर – व्यथा दबाएर फेरि रमाउन कुन विश्वास जगाऊँ कि धैर्यता बेचूँ ? विभत्स यी Read more
मुस्कुराइरहेछ त्यो घाट मलाई हेरेर, धिक्कार्छ आफ्नै ललाट मलाई हेरेर। थाहा छ उसलाई, म सादा जिन्दगी हुँ , किन सिङ्गारिएर बस्छ हाट मलाई हेरेर ? औँठी साटेको एक वास्तविकता म हुँ, नगर्नुस् जवानी साटासाट मलाई हेरेर । होलीजस्तै रङ्गीन जीवन हुनेछ भन्थ्यो, के सोच्दो हो मेरो सम्राट मलाई हेरेर? उड् Read more
अब अनेक चाड पर्व तिहार आउँछन्, केवल चोट दिन्छन बार बार आउँछन् । यात्रा जिन्दगीको केवल समथर हुँदैन, हो उकाली ओराली जङ्घार आउँछन् । थाहा छ पूरा हुदैनन् झन पीडा दिन्छन्, तर पनि मनमा सपना बेकार आउँछन् । बिना पैसा त न आशीर्वाद जान्छ कतै, न त बहिनीको लागि उपहार Read more
समयले निक्कै पर पुर्याएपछि अतीतका यादहरुले सताएपछि । एकपटक बेस्सरी पछुताउनेछौ यो सिउँदो रंगिएको थाहा पाएपछि । फुल्नेछन् आँसुका फूल मेरा आँखामा लगन गाँठो अर्कैले समाएपछि । तिमीसँग सजाएका एक एक सपना अन्मिउँला धित मरुञ्जेल बगाएपछि । नभन्नु ओ प्रिय तिम्रो खुसीमा बाँचेको छु जुनीभरि पुग्ने गरी रुवाएपछि । मेरो Read more
तिम्रो मेरो सबैको , रातो रगत छ यहाँ , तर खण्ड खण्डमा, किन जगत छ यहाँ ।। मुल्य नै के छ यहाँ, खुन अनि पसिनाको , बसी बसी खानेकै , अति बढत छ यहाँ ।। काम छ अनितिको, मुखमा छ बेद शास्त्र, अधर्मी र कुकर्मीकै, भाव फगत छ यहाँ ।। Read more
निभ्ने बेलाको दियो यसरी चर्किएको छ मानौँ तेल होइन उसले मदिरा पिएको छ खै के सम्झिन्छ र यसरी टोलाइरहन्छ ऊ सायद सँगै लडेको ‘जिन्दगी’ सम्झिएको छ काम त के के पो गर्ने हुन् कुन्नि यिनीहरुले नाम चाहिँ सगरमाथा जस्तै चुलिएको छ मृत्यु पनि लजाएर जाने छ हेरिरहनुहोस् उसको स्वाभिमान यस्तो Read more
अचेल तिमी र जून उस्तै उस्तै लाग्छ । हल्दी पितल र सुन उस्तै उस्तै लाग्छ ।। जून आकार बदल्छ र तिमी विचार । र त दोष र गुण उस्तै उस्तै लाग्छ ।। जून आकाशमा छ र छौ धर्तीमा तिमी । तिम्रो खुसी र मनसुन उस्तै उस्तै लाग्छ ।। चिन्न नसके Read more
कतै सजिलो बाटो कतै भिरको बाटो आउ सङ्गै बाँचौ हामी तक्दिरको बाटो । बरु काटेर सिमानामा रगत चढाउनु प्रिय हिँड्नुभन्दा दुस्मनका पाउ यो शिरको बाटो । यसकारण सम्वन्धमा पूर्णविराम लाग्यो, जब हिँड्यो तिम्रो प्रेम शरिरको बाटो । सन्तानकै खुसी किन्नका लागी भनेर बा सधैं हिँड्छन अभाव र पिरको बाटो । (बर्दिया) Read more
लुट्नु लुट्यौ देश अब छोडी देऊ! बिग्रे छैन मुहार अब फेरि देऊ!! मर्नु भन्दा भोकै खान नपाएर! भोक मेट्ने बरु गोली पठाइदेऊ!! अन्यायमा परिराछन् निमुखा! गर्व गर्न लायक न्याय बनाइदेऊ!! धेरै गुहार गर्यौँ हामी जनताले! एकै चोटि प्लिज अब सुनिदेऊ!! सधैंभरि जनता रुँदै बस्नु भन्दा! केही क्षणनै बरु खुसी बनाइदेऊ!! Read more
खुशी सुखी देखिनु छ मलाइ हेर्नेहरुको नजरमा, बरु पीडा दबाई मुस्कान छर्न परोस यी अधरमा । म मेरो गाउँको झैं आफ्नोपन खोज्दै हिडिरहेँ, यहाँ त बाउ हेर्ने छोरा खाने यस्तै रहेछ सहरमा । भगवानको प्रतिमुर्ती बाआमा लत्याएर आज ऊ, पुण्य कमाउन शिर ठोकिरहेछ शिलामा पत्थरमा । धैर्य गर्नुपर्छ Read more