समयले निक्कै पर पुर्याएपछि अतीतका यादहरुले सताएपछि । एकपटक बेस्सरी पछुताउनेछौ यो सिउँदो रंगिएको थाहा पाएपछि । फुल्नेछन् आँसुका फूल मेरा आँखामा लगन गाँठो अर्कैले समाएपछि । तिमीसँग सजाएका एक एक सपना अन्मिउँला धित मरुञ्जेल बगाएपछि । नभन्नु ओ प्रिय तिम्रो खुसीमा बाँचेको छु जुनीभरि पुग्ने गरी रुवाएपछि । मेरो साथबिना बाँच्नै नसक्ने तिमी पुरै बदलियौ प्यास मेटाएपछि ।। (काभ्रे)