आफै हटाऊ ननिका बिचार आफै जगाऊ दिल भित्र प्यार देखाइ बाटो अघि लाग लाग धेरै सुतेछौँ अब जाग जाग ।१। ज्ञानी बनेको छ नि कर्मलेनै बाढेर बाचौँ प्रित मर्मलेनै माया छ ठूलो रिस राग त्याग धेरै सुतेछौँ अब जाग जाग ।२। आध्यात्मवादी जन बन्नु पर्छ योग् ध्यानलेनै रस प्रेम Read more
एकैपटक मरेको होइन ऊ पटक–पटक, धेरैपटकमा बल्ल मरिसकेको हो तर, मरिसकेपछि पहिलो पटक थाहा पाउने व्यक्ति मै हुँ । पहिलोपटक मरेको थियो उसको हृदय जहाँ म बेरिएकी थिएँ कुनैबेला । उसको हृदयको चिसो लास आफ्नै हृदयको चिहानमा दफनाएर निस्किएकी थिएँ म त्यतिबेला अचिनारूका फूलमालाले भरिएको थियो उसको घाँटी । हृदयसँगै Read more
कहाँ हराए होलान् छनछनी चुरी बजाउने – मेरा दुलही हातहरू ? कसले काटिदियो होला धुलो कुल्चिएर हिँड्ने – मेरा अक्टोपस खुट्टाहरू ? कसरी झरे होलान् हवाई-जहाजसँगै वेगिने – मेरा नौरङ्गी प्वाँखहरू ? म पनि जान चाहन्थेँ सपनाको राजमार्ग हुँदै – अरबको खाडीतिर ! म पनि उड्न चाहन्थेँ चराहरूझैँ ओथारो बस्न Read more
कहिले जिस्कन्छ ऊ हल्लाउदै हरियो पखेटा कहिले जिस्कन्छ ऊ देखेर जवानी झिम्काउँछ आँखा र खेलिरहन्छ मेरै घरमा सिङ्गौरि । हरेक समय ऊ बलात्कार गर्छ मेरै सुस्ताको वैंश नुहाउँछ मेरै गण्डक र कोशीले तर देख्नै सक्दैन ऊ मेरो बस्तीमा लागेको घाम । अचेल ऊ बजाएको छ बेसुरमा मेरै करङ्को सारङ्गी र Read more
अचेल मान्छे खुट्टामा जुत्ता होइन खुट्टामा खुट्टै उनेर हिंड्न थालेको छ आफ्नो होइन अरुको खुट्टामा दौडेर खेलहरू जित्न थालेको छ त्यसैले बजारमा अचेल जुत्ताको होइन खुट्टाको किनबेच बढेको छ । खुट्टाका हाट बजारहरूमा हिमाल आरोहणमा कीर्तिमान कायम गरेका खुट्टाहरू छन् छातीमा भिक्टोरिया क्रस टाँसेर अरुकै लागि उभिदिने सर्वकालीन वफादार Read more
हजुरबाले पहिलोपल्ट सिकाएका हुन् निगालोको कलम बनाउन पहिलोपल्ट सिकेको हुँ आमाको ‘अ’ लेख्न, बाबाको ‘ब’ पढ्न । घाँसेरङका सपनाहरूको गुँड बनाएर पेटभरि भोकको सारंगी रेट्दै चारोको खोजीमा दूरदिशा उडेकी कुनै माउचरी लाग्थिन् आमा फर्किआउँदा ऐँसेलुका पातमा सुनका कविताका टोप्रा पाउँथेँ म कसौंडीभरि रापिलो दुःख पिएर भतभत भातले लय हाल्दा Read more
धेरै वर्षपछि ब्युँझिएको म हेर्दै बाजेको अस्थिपञ्जरमा नियतिको क्रूर मजाक उभिएको छु चौबाटोमा खोज्दै लुटिएको धनुषकाणमा सभ्यताको प्रथम आवाज लगाउँदै कोम्बीमा धार फेरि आइपुगेको छु उही ठाउँमा जहाँ बज्ने गर्छ साकेन्वाको आदिम धुन जहाँ बग्ने गर्छ लोरीका लयहरूमा मुन्धुमको विस्मृत कथा । नाच्ने गर्छ अझै पनि स्मृतिको सुदूर सन्नाटामा धुजाधुजा Read more
हो, यहीँ कतै रोपेको थिएँ मैले सपनाको बिऊ गर्दै उकाली ओराली गाउँ बेसीका हृदयभरि सजाएर सुनगाभा जीवन फुलाउने सपना सजाएको थिएँ र खोस्रेको थिएँ यिनै पहराहरू बगाएर पसिनाका अजस्र धारा सिँचेको थिएँ सपनाका पख्य्रानहरू । पुर्खाको थातलाई भाग्यसँग जोड्दै म खोज्दै थिएँ जीवनको अर्थ यहीँ कतै र निरुत्तर निरुत्तर मनलाई Read more
म फेरि आइपुगेको छु जेलर तिम्रो यो बन्दीगृहभित्र घरि लछारिएर र घरि पछारिएर घरि कुटिएर र घरि कुल्चिएर म फेरि ल्याइएको छु यहाँ तिम्रो आश्चर्य यो हाँसो साक्षी रहनेछ मेरो र तिमीले फेरि गर्नेछौ मेरो सीदाको व्यापार आश्चर्यचकित छौ हैन ? तिम्रा उचालिएका आँखीभौंहरुले सोध्न खोजेको प्रश्न मैले बुझेको छु Read more
जसरी गोधुलीको पूर्व सन्ध्यामा झुल्किन्छन् एक हूल ताराहरू ठिक त्यसै गरि– मान्छे नजन्मिदै जन्मिन्छ सपना बाबुआमाका रहर र चाहनासँगै बर्षहरु खाएपछि हुर्किन्छ सपना क्रमशः बालक, किशोर र जवान भएर तन्नेरीसँगै कलेज जान्छ सपना कुनै सपना अधुरै हुन्छ र रहन्छ दागी लागेर पढ्नै छोडेको विद्धार्थी जस्तो । कुनै उच्चतहको प्रमाणपत्र बोकेर Read more