कार्तिक १३, काठमाडौं । मधेश प्रदेशमा मनाइने पर्वहरूमध्ये मुख्य पर्व छठ तराई–मधेशका तलाउ र नदी किनारामा जम्मा भएर आज धुमधामसँग मनाइदै छ । तीनदिनसम्म मनाइने यो पर्वको आज तेस्रो दिन हो । जुन सबैभन्दा महत्वपूर्ण दिन पनि हो । आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी षष्टी (छठी) मातालाई अर्घ दिइन्छ Read more
कार्तिक १०, काठमाडौं । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दिपावली) कार्तिक ५ गतेदेखि सुरु भई आज सकिदै छ । यमपञ्चकका नामले पनि चिचिने यो पर्व कार्तिक कृष्ण तृतीयाका दिनदेख सुरु भई कार्तिक शुक्ल द्वितीयका दिन दाजुभाइलाई टिका लगाइदिएर समापन हुन्छ । यो चाडमा पहिलो दिन काग, दोस्रो दिन कुकुर र Read more
चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” को प्रवास लोकार्पण भएको छ । अनेसास पोर्चुगलले ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसर पारेर कृति लोकार्पण कार्यक्रम सहित लक्ष्मी जन्मजयन्ती मनाएको हो । सभाध्यक्ष अरुन भेटवाल, प्रमुख अतिथि साहित्यकार रमेश भट्टराई तेङम, बिशिस्ट अतिथी नेपाली नारी समाजकी Read more
काठमाडौं । पेरोल साहित्य प्रतिष्ठान, नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाएको छ। देवकोटाको ११४ औं जन्मजयन्तीको अवसरमा पेरोल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित तीन कृति विके पाल्पालीको ‘हाइकु कसरी लेख्ने सिद्धान्त सूत्र’, महेश पौड्यालद्वारा अनुदित ‘द हाइकु थेरोटिकल म्यान्युल’ र कमला घिमिरेका हाइकुसंग्रह ‘महको महल’ र बालकवितासंग्रह ‘मामाघर’ को लोकार्पण Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्तलाई मनोनित गरिएको छ । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो । दुई वर्षे कार्यकाल भित्र समितिले साँस्कृतिक कार्यक्रम, सम्मेलन, र गोष्ठीको आयोजना गर्ने छ । आवश्यकता हेरि सबै क्षेत्रका प्रतिनिधिहरू समेटेर कार्यसमितिलाई Read more
असोज ३०, काठमाडौं । संस्कृतिकर्मी सत्यमोहन जोशीको आज बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा निधन भएको छ । १०३ वर्षका जोशी युरिन इन्फेक्सन तथा छातीमा निमोनियाका कारण किष्ट मेडिकल कलेजमा उपचारत थिए। पछिल्लो पटक उनमा डेङ्गु सङ्क्रमण पनि देखिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरुले आजै दिउसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा Read more
काठमाडौँ । साहित्यकार वसन्तराज अज्ञातको ‘साँझको जून’ नामक हाइकुसङ्ग्रह प्रकाशित भएको छ । यसअघि ‘सपना सजाएर आँखाभरि’ र ‘मखमली दरबार’ नामक दुईओटा गीतसङ्ग्रह पाठकमाझ ल्याइसकेका अज्ञातको तेस्रो कृतिका रूपमा हाइकुसङ्ग्रह आएको हो । दोबेला, खोटाङमा माता मैथकु श्रेष्ठ र पिता लालबहादुर श्रेष्ठका पुत्ररत्नका रूपमा जन्मिएका अज्ञातका संयुक्तरूपमा पनि केही कृति Read more
काठमाडौं, १९ असोज। नेपालीहरूको मुख्य चाडका रूपमा लिइने दशैँको चहलपहल बढेको छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिन जमरा राखेपछि दशैं सुरु भएता पनि सप्तमीका दिन फूलपाती भित्र्याएसँगै दशैं पनि प्रत्येकको घरघरमा भित्रिन्छ । दशैंको मुख्य दिन दशमीका दिन मान्यजनबाट टिका र जमरा ग्रहण गरी दशैं मनाउने परम्परा छ Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजना तथा गजल अभियान दाङकाे सहकार्यमा १५७औँ माेती जयन्तीकाे अवसरमा गजल वाचन तथा परिचर्चा कार्यक्रम घाेराहीमा सम्पन्न गरेकाे छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार तथा पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा राप्ती Read more
युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रममा गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् । सिन्धुलीको मरिणमा रहेर कविता लेखनमा सक्रिय कवि यात्रीको पहिलो काव्यकृति Read more