काठमाडौं । लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘सावित्री-केशर कथा सम्मान–२०७८’ र ‘बाटुली-खिलध्वज लघुकथा सम्मान-२०७८’ आज एक समारोहविच वरिष्ठ साहित्यकार रोचक घिमिरेले हस्तान्तरण गर्नुभयो । ‘सावित्री–केशर कथा सम्मान–२०७८’ तीसको दशकदेखि कथा लेखनमा क्रियाशील वरिष्ठ कथाकार मधुवन पौडेललाई प्रदान गरिएको छ । सो सम्मान प्रमाणपत्रका साथै २१ हजार रुपैयाँ नगद Read more
बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आइतबार ‘अर्को भोर’ कथा कृतिको चर्चा गरिएको छ । शब्दसारथि कार्यक्रमको १३ औँ शृङ्खलामा कथाकार केशवराज ज्ञवालीको उक्त कृतिमाथि छलफल गरिएको हो । कार्यक्रममा वरिष्ठ आख्यानकार नयनराज पाण्डे, समालोचक ज्ञानु अधिकारी, सञ्चारकर्मी तथा कवि मोहराज शर्मा र कथाकार कृष्ण कुसुमले ज्ञवालीको कथाकारिताका बारेमा Read more
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले डेनमार्क निवासी लेखक कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ नामक कृति विमोचन गरिएको छ । डेनमार्क स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्यालले कृति विमोचन गर्नुभएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र केन्द्रीय वरिष्ठ उपाध्यक्ष Read more
अमेरिका बस्ने नेपाली कविहरूले १४ फेब्रुअरीमा प्रेम-दिवस मनाएका छन् । सबै सहाभागीहरू रातो पोशाकमा सजिएका थिए । कार्यक्रम अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका साहित्यकार गोवर्द्धन पूजाले संयोजन गरेका थिए । जुम प्रविधि मार्फत गरिएको उक्त कार्यक्रममा अमेरिका , क्यानडा, नेपाललगायत अन्य देशमा बस्ने नेपाली साहित्यकारहरूले आ -आफ्नो प्रेमिल रचनाहरू वाचन Read more
फागुन ३, काठमाडौं । साहित्यकार ताना शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । ८७ वर्षका उनको मंगलबार बिहान घरमै निधन भएको हो । उनी डिमेन्सिया, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । शर्मालाई ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि २०२६ सालमा मदन पुरस्कार दिइएको थियो। नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता शर्माका Read more
फागुन १, काठमाडौं । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले सांस्कृतिक सहिद घनश्याम ढकालको स्मृति दिवस तथा व्यक्तित्व र कृतित्वबारे परिचर्चा कार्यक्रम आयोजना गर्यो । जुममार्फत् आइतबार सम्पन्न कार्यक्रममा घनश्याम ढकालको व्यक्तित्व कृतित्वबारे वरिष्ट माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, सावित्री दुरा र डा. धनप्रसाद सुवेदीले चर्चा गरेका थिए । प्रतिष्ठानका सदस्य–सचिव विष्णु Read more
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अस्ट्रेलियाका कविहरूले कविता सुनाएका छन् । अस्ट्रेलिया महादेशमा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका र भएका कविहरुले कविता सुनाएका हुन् । अनेसास शब्दसारथिको ११ औँ शृङ्खलामा शनिवार मध्यरातसम्म आयोजना गरिएको उक्त कार्यक्रममा अनेसास क्विन्सल्याण्ड च्याप्टरका अध्यक्ष डा. केशव शर्मा, अनेसास पर्थ च्याप्टर अध्यक्ष Read more
बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अनलाइन साहित्यक कार्यक्रम ‘शब्दसारथि’मा आइतवार ‘क्वारेन्टाइन’ उपन्यासको चर्चा गरिएको छ । अनेसासका पूर्व अध्यक्षसमेत रहेका पदम विश्वकर्माद्वारा लिखित् उक्त उपन्यासका बारेमा नेपाल र अमेरिकामा रहेका विभिन्न साहित्यकार र समालोचकहरूले आ-आफ्नो मन्तव्य राखेका छन् । कोरोना कहरका विषयमा अमेरिकी जनजीवनमा परेको प्रभावमा आधारित उक्त Read more
२०७८ माघ २४ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै Read more
बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको साहित्यिक कार्यक्रम शब्दसारथिमा साहित्यकार दम्पती सीता अर्याल र राजेन्द्रप्रसाद अर्यालको कृतिको चर्चा गरिएको छ । आइतवार जूमप्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा सीताको ‘अनुपमा’ गीति सङ्ग्रह र राजेन्द्रको ‘आजको मान्छे’ कविता सङ्ग्रहको लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको Read more