साउन ७, काठमाडौं । युवाहरुको प्रतिरोध नामक समूहले बिहीबार माइतीघरदेखि बानेश्वरसम्म मार्च गरेको छ। ‘थोत्रो थिति फालौँ ! आउनुस् नयाँ थालौँ’ भन्ने मूल नाराका साथ सुरु भएको मार्च बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । बाजागाजासहित उपस्थित भएका प्रदर्शनकारीहरु गीत गाउँदै बानेश्वर पुगेका थिए । थिएटर मलका कलाकारले Read more
दियोमा बत्ती फेरि,उसैगरी बाल्नुपर्छ जिन्दगीभर सँगसँगै, पाइला सार्नु पर्छ । किन मान्छौ पीर, घरीघरी मन दुखाएर नदुखाऊ मन, आऊ अब, हामी हाँस्नु पर्छ। मैले भने नि आँशु नझार, पीडाका अब मेरो हात समाऊ, सारा काँडेतार नाँघ्नु पर्छ। हो ढिलो छिटो हुन सक्छ, धैर्यता गर तिमी चोखो मायामा हार हुँदैन, जित Read more
अलि हाँस्दै अलि बस्दै उठेको छ जिन्दगी यहाँ लडखडाउँदै आत्मबलले उभेको छ जीन्दगी यहाँ । रामको युग न हो यो यशु मसिहा युग न हो यो , लड्दै मर्दै जीवनसँग कति बाँचेको छ जीन्दगी यहाँ । हाँस्दै होलान् कोही बाँच्दै होलान् खुशीले कति तर दुई छाक जुटाउन कसरी चलेको छ Read more
बोस्टन, अमेरिका समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टनले आइतबार २०७औँ भानुजयन्ती मनाएको छ । पशुपति बुद्ध फाउन्डेशनको सभाकक्षमा आयोजित कार्यक्रममा बिभिन्न कविहरूले कविता वाचन गर्नुका साथै भानुभक्तको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले अनेसास बोस्टन च्याप्टरका पूर्व अध्यक्षहरूलाई सम्मान Read more
एकेक गरी बदलिँदै जान्छन् इन्द्रेनीका सातै रङ्ग म एक एक गर्दै पालैसँग डुब्छु – पौडिन्छु सबै रङ्गमा । घर भित्र- बाहिर इत्रिन्छन् मिठा अनुभूतिहरू उल्लासहरू खेल्छन् आँगनभरि कुण्ठाहरू उड्छन् खुल्ला अकासमा तातो हावा सुस्तरी बहिरहेको उसकै मनजस्तो बगिरहेको थियो खोला तिर्खाइरहेको थियो बगर । तिमी तिम्रा खोल्साहरू सँगालेर गयौ म Read more
लापता छ भविष्य घर लथालिङ्ग तिमी हुन्छौ .. आफ्नै परिवार भित्र, भिन्न म छु यहाँ तिम्रो लागि खिन्न हो … देशै चिन्न राजनीति नजान्ने को हुन्छ कुटनीति भिन्न आधा तँलाई आधा मलाई भागै लगायो देशै लुट्न बाऊ बाजेको धरोट थाम्न सक्तैन अब प्रजातन्त्र किन्न । (म्यानमार) Read more
सगरमाथा, बुद्ध भन्छौँ, गौरव र शान् हाम्रो इमान्दार मान्छे अब, देख्नै गाह्रो राम्रो।। हाँक्छन् दर्शन् स्वार्थी धेरै, अराजकता देशमा मन्त्रीदेखि बुद्दिजीवी, छ देन सबको यसमा।। समस्याको पोको फोर्न, गर्दैनन् कोही बहस् धनी-मानी बाँचिहाल्छन्, गरीबलाई हो सकस् ।। सक्ने हिँडे अस्ट्रेलिया, यूरोप- अमेरिका अल्झे उतै तक्मा पाए, भुपू नेपालीका।। शान्तिभूमि हाम्रो Read more
४ साउन २०७८, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आफ्नो ६४ औँ वार्षिकोत्सवका अवसरमा असार ९ गते प्रज्ञा भवन, कमलादीमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७८ प्रथम हुन सफल टेम्केमैयु–९, पान्धारे, भोजपुरकी कवि कविता राई सम्मानित हुनुभएको छ । राज्यकै सर्वोच्च प्राज्ञिक संस्थाले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा प्रथम भई जिल्लाको गौरव बढाएबापत् नेकपा Read more
” नमस्कार डा.साहेब ! सन्चै हुनुहुन्छ ?” एक्कासि गरिएको अभिवादनले घाम ताप्दै बसेका भरोसा मेडिकल हलका सञ्चालक हेल्थ असिस्टेन्ट अमृत झस्के । “नमस्कार ! सन्चै छु । केही काम थियो कि ?” दुई वर्षको छोरो काखमा बोकेकी ममताले लाज मान्दै भनिन्, “अब अर्को बच्चा केही वर्षपछि जन्माउने विचार थियो Read more





