सगरमाथा, बुद्ध भन्छौँ, गौरव र शान् हाम्रो इमान्दार मान्छे अब, देख्नै गाह्रो राम्रो।। हाँक्छन् दर्शन् स्वार्थी धेरै, अराजकता देशमा मन्त्रीदेखि बुद्दिजीवी, छ देन सबको यसमा।। समस्याको पोको फोर्न, गर्दैनन् कोही बहस् धनी-मानी बाँचिहाल्छन्, गरीबलाई हो सकस् ।। सक्ने हिँडे अस्ट्रेलिया, यूरोप- अमेरिका अल्झे उतै तक्मा पाए, भुपू नेपालीका।। शान्तिभूमि हाम्रो देश, थियो कृषिप्रधान समाबेसी भन्दाभन्दै, बन्यो कुर्सी-प्रधान।। जता हेर्यो भद्रगोल छ, के होस् मनमा शान्ति अरबतर्फ गाउँले, युवा, भाषण कृषिक्रान्ति।। दौडे सबै कागसँग, विकास बिर्से पहिले जातीयता-क्षेत्रीयता, त्यै भो घाँडो अहिले।। बिरोध गर्छन् बिदेशीको, खुलामञ्चबाट बन्द गरे कलकारखाना, आहा यिनका आँट।। चुलोदेखि हवाइजहाज, इन्डियाकै इन्धन धर्मकर्म, सडक सबै, भारतकै छ बन्धन।। औंसी-पुर्णे चीनको ढाडस्, लुकामारी मन्त्र निर्धन नेपाल आइसियुमा, सिथिल् अर्थतन्त्र ।। साइकल समेत चढ्न गाह्रो,जन-जनार्दनलाइ चिल्ला-मोटर हुँइकिरा'छन्, सडकतिर चाहिँ ।। बोलेर त सबले हाँके, नेपालको बिकास गरेर पो ताक्न पर्थ्यो, समस्याको निकास।। भएभरका सुबिधा'जो नेता आफै बोक्छन् कुम्लो बोकी ठिमीतिर, भाषण गर्दै हिँड्छन्। बन्द भा'छ ब्यापार-बिज्नेस्, छैन सोझो बाटो काला-बजार बढ्दैछ है, देशमा यसको साटो।। (अस्ट्रेलिया)