लिच्छवि सभ्यताको पतनपछिको काठमाडौं उपत्यकालाई नेपाल मण्डल भनिन्थ्यो । हुन त लिच्छवि कालको उत्तरार्धदेखि नै यसलाई नेपाल मण्डल भन्न थालिएको थियो । काठमाडौं ज्ञानेश्वरमा मन्दिर अगाडि पाइएको लिच्छवी राजा जयदेव द्वितीयको शिलालेखमा नेपालमण्डल लेखिएबाट यो कुरा प्रमाणित हुन्छ । उक्त शिलालेखमा नेपालमण्डलान्त निवासित लेखेको छ भने बलम्बुमा भेटिएको शिवदेव द्वितीयको Read more
काठमाडौं, कात्तिक १२ । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको Read more
यादको बगैंचामा बसेर पातहरूको पछि छिपिएर सम्झनाको हिक्का पठायौ कि सम्झनाको जंगार तर्दै गर्दा चिप्लिएर पो समझी पठायौ कि भुलभुलैयाको सिँडिमा ओर्लदै जाँदा ठेस लागेर लड्दा लड्दै अन्जानैमा कतै समझी पठायौ की किन चलिरहेछ मुटुमा हिक हिकी..? यता-उता कतै कौवा चरी उडिरहेको देख्यौ भने तिमीलाई सन्चो बिसन्चो कस्तो छ Read more
१२ कार्तिक, २०७८, काठमाडौँ । नेपाली गायनका क्षेत्रमा डेढ दसकदेखि निरन्तर लागिपरेकी गायिका तायाहाङमा राई अब्बल गायिका हुन् । उनै गायिकाको स्वरमा रेकर्ड भएको पछिल्लो गीत ‘हिमाली शिरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गीतकार Read more
(१) निस्तेज हुने छैनन् रवि ~ घाम उस्तै हुनेछ रोकिने छैन समय ~ हरेक काम उस्तै हुनेछ यो छोटो जीवनकालमा छरौँ सत्कर्मको बीज घुँडा धसेनी आखिरमा~अञ्जाम उस्तै हुनेछ। (२) मन्दिरका देउतासँग उनीहरूको खै के नातो थियो मैले पस्नै नहुने ~ ठुला-बडाको चाहिँ ताँतो थियो कसरी अलग भएँ म आखिर हाड-मासुकै Read more
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकरामायणका विविध रूप’ प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्ममा प्रचलित छओटा लोकरामायणलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको छ । प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. महादेव अवस्थी सम्पादक Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति “क्वारेन्टाइन” उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,अनेसास बोर्ड परिषदका अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास Read more





