(१) निस्तेज हुने छैनन् रवि ~ घाम उस्तै हुनेछ रोकिने छैन समय ~ हरेक काम उस्तै हुनेछ यो छोटो जीवनकालमा छरौँ सत्कर्मको बीज घुँडा धसेनी आखिरमा~अञ्जाम उस्तै हुनेछ। (२) मन्दिरका देउतासँग उनीहरूको खै के नातो थियो मैले पस्नै नहुने ~ ठुला-बडाको चाहिँ ताँतो थियो कसरी अलग भएँ म आखिर हाड-मासुकै मान्छे फेरि भएन रगतको रंग ~ मेरो नि रातो थियो। (३) शिक्षा भविष्य बनाउने~औजार हो छोरा जसको छ सिप ~उसैको संसार हो छोरा कर्म नगरे सित्तैमा ~ केही पाइने छैन हेर परिश्रम नै उन्नतिको ~ आधार हो छोरा। (डिब्रुगड, असम)