तिम्रा बेबुनियाद कुण्ठाका बिच असल मान्छेको सही प्रयत्नको धरातलमा तिमीले गाँइगुँइ गरिरहँदा तिमी स्वयं स्रेस्ताको अडिटर भएर हेर अरबौँको बेरुजु छर्लङ्ग देखिनेछ । मनको गोश्वारा बुझाउन मन्दिर त जान्छौ पाप कटाउन बोका, हाँसको बली दिन्छौ सबैको चित्त बुझाउन रिझाउने चिल्लो घस्छौ एकैछिन स्वयं को आत्मालाई मजाक गरेर त सोध अर्काको Read more
कमजोर सधैँ गल्नुपर्छ कहाँ लेखेको छ ? सबै फूल फल्नुपर्छ कहाँ लेखेको छ ? चोखो माया गर्दाखेरी नबुझ्नेको लागि एकहोरो जल्नुपर्छ कहाँ लेखेको छ ? आफ्नै मनको तजविजी व्यक्त गर्न पाईन्न ? इसारामै चल्नुपर्छ कहाँ लेखेको छ ? परिश्रम गरेदेखि फल आफै मिल्छ सोझासाझा छल्नुपर्छ कहाँ लेखेको छ ? स्वावलम्बी Read more
लाहुर गाको छोरो अब बाले फेरि देख्दैनन्, बर्षौँ पहिले बितेकी श्रीमती जसरी देख्दैनन् । सासुलाई आमा मान्नु भनिरहन्छ यो समाज, अनि किन बुहारीलाई छोरी देख्दैनन् ? मैले त उनलाई सधैं आमा भन्दै पुजिरहेँ, उनका आँखाले मलाई सन्तान धरी देख्दैनन् । अरुको गल्ती यसकारण केलाउँछ दुनियाँ, आफ्नो आँखाले आफ्नै कमजोरी देख्दैनन् Read more
बगिरहेको नदीलाई नजिकै गएर सोधेँ मेरो प्रश्न सुनेर टक्क रोकिंदै एकनासले मलाई हेर्न थाल्यो । एकतमासले बगेको बतासलाई सोधेँ अट्टहासका साथ मेरो वरिपरि घुम्न थाल्यो र टक्क रोकिएर घोप्टो पर्यो । संसारको गन्तव्य सेतो पहाडलाई सोधेँ अकस्मात ज्वालामुखी विस्फोट भयो र चट्टान पग्लेर बग्न थाल्यो नदीजस्तै बादलसंग लुकामारी खेल्दै गरेको Read more
एक दिन, जरुर एकदिन, त्यो समयले बताउँछ । हेर्ने छु त्यो दिन म, खोलो धाउछ कि तिर्खा धाउछ ? म एक छाक गुजार्न, ऋणमा ट्याक्सी चलाउँछु ऊ मेरो ट्याक्सी जलाउन,सरकारी गाडीमा आउछ । लोग्ने मारियो, छोरो बेपत्ता छ, छोरी बलात्कृत छे श्रीमान् ! न्यायको पर्खाइमा, आँखा कैले ओभाउछ ? तिम्रो Read more





