चारैतिर तिज पर्वले वातावरण छाएको थियो । बाटोघाटो, गाडी र घरहरू रातैराता बनेकाले आँखा लठ्ठिएका थिए । विगत वा वर्तमान, चाडले मन हर्षित तुल्याएको थियो । मेरो दृष्टि भने एक्कासी पन्ध्र दिनअघि चलेको ठुलो दरे भोजनस्थानतर्फ पुग्यो ।
दरका परिकारले कोल्टो फेरेको देखेर मैले उनलाई भनेँ, “हैन, हिजोको हाम्रो दर आज कसरी आधुनिकतातर्फ मोडियो हँ ?”
“कसरी भनौँ खै, दर त माछामासु, पुलाउ, अचार, तरकारी अनि कोकसोकका साथमा नसालुपनमा रमाएर गर्ने न हो । त्यस्तो अचम्म मान्नुपर्ने कुरा के नै छ र ?” उनको मधुर वचन प्रकट भयो ।
“खै, हिजोका गीत र दर कता हराए हँ ? जमिनमा भासिएकी आकाशमा उडे ।” मैले प्रतिप्रश्न गरेँ ।
“कहाँ त्यसो हुनु, हामी अनुकरणका लागि विश्वविख्यात नै हौँ क्यारे। कहिले रङ्गिला टोपी आउँछ, कहिले डगी त कहिले केकसेकका हुइम । अझ लगाउनेमा त आधा मिटर भए पुग्ने ।” उनको यस कुराले थप झट्का दियो ।
उनी र मेरो कुराकानी चल्दै गर्दा भोजको स्वाद सुँघ्दै र आश गर्दै बसेका भैरवी वाहनहरूले सुनेका रहेछन् ।
एक भैरवी वाहनले भन्यो, “हजुरहरूले के कुरा गर्नुभएको हँ ? यस्तै आधुनिकता आएकाले धेरै मांसआहार पायौँ त्यसैले हामी खुसी छौँ ।”
“ए † त्यसो भए त्यही आशमा धर्तीसँग स्पर्श गरी त्यो भोजस्थानको आश्वादन लिएर बाहिरै बसेको हगि ?” मैले पुनस् प्रतिप्रश्न गरेँ ।
हामीबिच कुराकानी चल्दै थियो । घोप्टे नृत्यले यसलाई भङ्ग गरिदियो । संस्कृतिमा चट्याङ पर्यो तर भोजस्थानमन दरको उमङ्ग चलेकै थियो । अचानक भैरवी वाहन आएर भन्यो, ‘हाम्रो स्वान नृत्य’ सुन्दासाथ हुरुरु भोजस्थानमा प्रवेश गरे । हो मा हो मिलाउँदै तिनीहरू नृत्यमा सहभागी बने । यो दृश्यले मेरो दिमाग खलबलियो ।
किन किन म एकोहोरिएको थिएँ । “स्वास्थ्य र शिक्षालगायतका संवेदनशील संस्थामा पनि कठै † श्वान नृत्यु चल्यो ।” भन्ने हङ्गामा चल्दै थियो । म भने अन्धाधुन्धको अनुकरणप्रति ‘थुइक्क’ गर्दै आफ्नो बाटो लागेँ ।
(मदाने –३, सिर्सेनी, गुल्मी)