वर्तमान समयलाई कम्यूटर एवं डिजिटल युग भनेर जानिन्छ। अठारौँ शताब्दीको अन्तमा सूत्रपात भएको औद्योगिक क्रान्तिले समाजमा नयाँ परिवर्तनको हुरी लिएर आयो। यस क्रान्तिको फल स्वरूप वस्त्र उद्योगमा भएको मशिनीकरणले पूरै विश्वको कायापलट गरिदिन्छ। विज्ञानको सामर्थ्य एवं विकासवादको नीतिले सूचना क्रान्तिको पनि सूत्रपात हुन समय लागेन। टेलीफोन एवं रेडियोको अविष्कार, सूचना प्रसारणमा भिन्नै परिवर्तनको द्योतक बन्न पुग्यो जसले आर्थिक एवं सामाजिक परिबन्धमा ऐतिहासिक परिवर्तन लिएर अगाडि बढ्यो। कम्प्युटर साथै इन्टरनेटको अविष्कारले यसलाई थप गति प्रदान गरेको हामी साक्षी छौँ। आज भन्दा तीन दसक अघि मान्छे पत्र, थोरै मात्रमा टेलीफोन लगायत रेडियो मार्फत सन्देश आदान-प्रदान गर्थे। कम्प्युटर, स्मार्टफोन एवं इलेक्ट्रोनिक्स उपकरणको आगमनले सूचना क्रान्तिमा भुइँचालो लिएर आयो। यसले समाजका प्रत्येक पाटामा परिवर्तनको नयाँ इतिहास कोर्दै आफ्नो स्थान सशक्त बनायो।
सूचना क्रान्तिको युगमा सामाजिक संजाललाई प्राथमिकता नदिँदा सूचना क्रान्ति अधुरो भएको प्रतीत हुन्छ। मनुष्यमा आउने चेतना, विचार, उत्कण्ठा, सूचना एवं समाचार एक अर्कालाई प्रसारित नगरी हुँदैन। उहिलेको कुरा गरौं भने ढोल बजाएर वा पत्र प्रेषित गेरर गर्थे भने अहिले सूचना प्रौद्योगिकीको सुलभताले मान्छे अडियो साथै भिडियोबाट क्षणभरमा सन्देश एक देशदेखि अर्को देशमा पुर्याउन सफल भएको छ। वर्तमानमा भौतिक रूपमा नभेटे पनि असंख्य कार्य इन्टरनेटको माध्यमाबाट हुन्छ। अफिसको कार्यदेखि लिएर न्वारन, विवाहसम्म इन्टरनेटको सुविधाले भएको देखिन्छ।
यही क्रममा सामाजिक संजालले मानिसलाई एकअर्कामा जोडेर नयाँ कृतिम साइनो गाँसेको छैन भन्न सकिदैन। सामाजिक संजाललाई बुझ्न खोजौँ भने- यो मानिसद्वारा रचित समूह या संगठन हो जहाँ व्यक्ति, परिवार, समाज एवं राष्ट्रको स्तरमा समान विचार हुने समूहहरू नेटवर्किंग प्रक्रियाले जोडिन्छन्। उदाहरणमा हेर्दा प्रचतिल सामाजिक संजालमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, वाट्सप, यूट्यूब, मेसेन्जर एवं विभिन्न एपहरू छन्। ४ फरवरी, २००४ मा मार्क जुकर्बर्कले फेसबुकको निर्माण गरे। १४ फरवरी, २००५ मा चाड हुर्ली र स्टिभ चेनले भिडियो हेर्न जनप्रिय युट्यूबको सुरूआत भयो। ६ अक्टोबर, २००६ मा केभिन सिस्ट्रोम अनि माइक क्रिगरले इन्स्टाग्रामको निव राखे। यसरी नै लोक प्रिय वाट्सप २००९ मा ब्रियन एक्टोन अनि जन कउमले सूचना प्रसारण मा नयाँ थप एपको सुरूआत गरे। यी प्रमुख सामजिक संजालका उदाहरण बाहेक कैयन यस्ता एपहरू छन् जहाँ मानिस आफ्ना विचार, संदेश, रचना, दैनिक कार्य, घटना, बितेका या आउने कार्यक्रम जस्ता अनेक विवरण फोटा एवं भिडियोको साथमा सबैसँग साझा गर्छन्। उसले साझा गरेको प्रत्येक पोस्ट संसार भरी पलमै पुग्छ। यति मात्र नभएर यसमा भिडियो प्लेटफार्ममा जुडेर मिटिंग गर्ने, गफसफ गर्ने यहाँ तक कति एपमा आर्थिक गतिविधि गर्ने पनि सुविधा प्रदान गरेको छ। रिपोर्टअनुसार वर्तमानमा संसारका ४.४८ अरब यानि दुनियाँको ५६.८ प्रतिशत जनसंख्याले सामाजिक संजालको प्रयोग गर्छन्। सामाजिक संजालको प्रयोगको कुरा गर्दा भारत सबै भन्दा ११.४ एकाउन्टको साथमा शीर्षमा छ भने जापान ३.८ एकाउन्ट हुने भएर अंततालिकामा सबै भन्दा तल छ। सामाजिक संजाललाई कार्यका लागि पनि प्रयोगमा ल्याइन्छ। ४० प्रतिशत इन्टरनेट प्रयोगकर्ताले कार्यका लागि प्रयोग गर्छन् जहाँ अमेरिका देशका प्रयोगकर्ताले २७ प्रतिशत उपभोग गर्छन् भने भारतरका ४७ प्रतिशत उपभोक्ता छन्। सन् २०१५ यता सामाजिक संजालको प्रयोग अधिक बढेको देखिन्छि। १२.५ प्रतिशत प्रति वर्ष बढेको रिपोर्ट दर्ता छ। सामाजिक संजाल व्यक्तिगत, औपचाकि कार्यका लागि छोडेर यसलाई प्रचार प्रसारका निम्ति पनि व्यापक रूपमा व्यक्ति एवं उद्योग जगतले प्रयोग गरेको देखिन्छ। कम्पनीले उत्पादित सामानको, फिल्म इन्ड्रस्ट्रिजले सिनेमाको, संस्थाहरूले जनहितका प्रकल्प, कलाकारले कलाको, साहित्यकारले साहित्यको प्रचार-प्रसारका लागि यो मंचलाई प्राथमिकता दिएर उपयोग गर्छन्।
वर्तमानको परिवेशमा कुरा गर्दा सामाजिक संजाल र साहित्यको सीधा सम्बन्ध छैन भन्न मिल्दैन। यसलाई प्रमाणित गर्न कोरोनाकालको अवस्था हेर्दा छर्लङ्ग हुन्छ। २०२० को सुरूआतदेखि पूरा विश्व लकडाउले घरभित्र त्रासमा बसेको थियो। त्यहीँ परिस्थितिमा इन्टरनेटमा विराम नलागेर यसको प्रयोगमा बढोत्तरी भयो। रिपोर्टअनुसार कोरोना कालको समयमा ७७ प्रतिशत मान्छेले इन्टरनेट प्रयोग गरे जसमा समाजिक संजालको प्रयोग अधिक भएको जानिन्छ। यस्तो विषम परिस्थितिमा मान्छेले घरमाबाट समाजिक संजाल एवं इन्टरनेटको माध्यमाबाट कम्पनी चलाए। जुम, गुगलमिट, सिट्रमयार्ड, वाट्सप, मेसेन्जर जस्ता अनेक एपहरूको प्रयोग प्रमुखतामा भयो। यी नै एपको माध्यमबाट अनेकौं कार्यक्रमहरू अनलाइन भए। व्यक्ति, संघ-संस्था एवं कम्पनीले भेटगाट, मिटिंग, सेमिनार अनलाइन गरे।
साहित्यको परिपेक्षमा हेर्दा यो कोरोनाकाल समयले साहित्यलाई निकै लाभ पुर्यायो। मान्छे खाली भयो। अधिक समय सामाजिक संजालमा लगायो। साहित्यकि संस्था एवं सामाजिक संजालमा निर्माण भएका ग्रुप एवं पेजमा भइरहेका साहित्यिक कार्यक्रमको प्रचार-प्रसार जताततै देखिए। कत्ति संस्थाले अनलाइन प्रतियोगिता राख्दा यसको व्यापक प्रचार भयो। यसरी जो साहित्यदेखि अनभिज्ञ थिए या साहित्ययबाट दुरी भएका थिए उनीहरूको साहित्यिक चेतना जागृत भयो। उनीहरू प्रायः कार्यक्रम एवं प्रतियोगितामा भाग लिन थाले। फेसबुक, इन्स्टाग्राम, वाट्सप जस्ता ठाउँमा आफ्ना रचना प्रकाशित गर्न लागे। यो जमातमा निकै बढोत्तरी भइरह्यो। एक प्रकाले सामाजिक संजालमा साहित्यको भेल आयो। धेरै कवि, कथाकार, गजलकार एवं अन्य विधामा लेख्ने रचनाकार जन्मिए। यो साहित्य जगतका लागि सुखद पल हो। भर्चुअलको मंचमा दिनै कसै न कसैका कृति प्रकाशाति भए।
सुखद कुरा पनि छ कि कोरोना काल सामान्य भए पछि सामाजिक संजालमा साहित्यिक गतिविधिमा गिरावट आए पनि सबैको सक्रियता देखिन्छ। सामाजिक संजालले साहित्यलाई ठूलै गुन लगाएको छ। आजभन्दा दुइ दस अघिको कुरा गर्नु भने नवोदित साहित्यकारलाई त के प्रतिष्ठित सर्जकलाई पनि आफ्ना रचना प्रकाशित गर्न हम्मेहम्मे पर्थ्यो। पहिलो कुरा प्रकाशक एवं सम्पादकसम्म सबै पुग्न सक्दैनथे जो पुग्थे पत्रिकाको सीमित ठाउँ हुनाले आधीभन्दा धेरै सर्जकको रचना अप्रकाशित हुन्थ्यो। सर्जक जन्मिन वा मौलिन धेरै समय लाग्थ्यो। यो विडम्बनालाई इन्टरनेटले सबै सजिलो पारिदियो। प्रमुखतामा सामाजिक संजालले। अहिले आफ्नो रचना प्रकाशति गर्न न दिन कुर्न पर्छ, न महिना न साल। अहिले छाप्न डिजिटल प्रत्रिका, फेसबुकग्रुप वा पेज, युट्यूब या व्यक्तिगत वाल छँदैछ। क्षणमै प्रकाशित हुन्छ। दर्शक भेला पार्नु पर्दैन। सामालिक संजालमा संसारभरिका दर्शक साथै पाठक पाइन्छ। रुचिअनुसार प्रतिक्रिया एवं सुझाउ भेटिन्छ। यो प्रक्रियाले सर्जक प्रफुल्लित भएर नयाँ रचना रच्न अझ उर्जावान हुन्छ। प्रौद्योगिकीको कृपाले गर्दा वर्तमानमा इ-पुस्तक निकाल्न मिल्छ। प्रकाशनमा हुने वजनदार खर्चबाट पनि साहित्यकार बाच्छ। सामाजिक संजालको सुलभताले सर्जकलाई आफ्नो पहिचान एवं साहित्यिक परिचयका लागि ठाउँ-ठाउँ कुद्नु पर्दैन। फोन व अनलाइन व्यवस्थाले साहित्यिक आदान-प्रदान गर्न सहज छ।
ओइल्याउँदै गरेको साहित्यलाई सामाजिक संजाल जडीबुटी समान औषधी भएर देखा परेको छ। यसको व्यापक प्रचार-प्रसार गर्ने व्यवस्थाले साहित्यको उन्नतिलाई तेज गति प्रदान गर्दैछ। यसरी नै प्रौद्योगिकीको नवीकरण हुँदै गयो भने साहित्यलाई उचित मुकामसम्म पुग्ने छहारी दिनेछ। सामाजिक संजालका जति पनि मंच छन् उनीहरूले दिन-प्रतिदिन सुविधा र आधारशीलाको नवीनतालाई विकसित गर्दैछन्। यो क्रमले आदान-प्रदान गर्ने माध्यममा सहजता आइरहन्छ। यो नवीनताले साहित्यकारलाई लाभ पुर्याएको सबै साक्षी छौं। यसको लाभ एवं भविष्य देखेर सरकारी एवं गैरसरकारी संस्थाले यसलाई अधिक भन्दा अधिक उपयोग गरेको देखिन्छ जसमा वाचनका कार्यक्रम, विविध विधामा लेखन प्रतियोगिता, पुरस्कार वितरण, साहित्यिक बहस, चर्चा-परिचर्चा जस्ता अनलाइन कार्यक्रम चलाइरहेका छन्। विश्वभर छरिएका साहित्यकार एवं संस्थाहरू एकै मंचमा आएर साहित्यको सम्वर्द्धनतिर अग्रसर भएको देखिन्छ।
सामाजिकको लाभ यत्रतत्र साहित्यमा देखा परे तापनि यसको हानी पनि फेला नपरेको हैन। भौतिक रूपमा चर्चा गर्नु र अनलाइनमा गर्नुको प्रभाव भिन्न हुन्छ। अनलाइन प्रकाशित गरको भन्दा अफलाइन प्रकाशित गरेको प्रभावशाली हुन्छ। सर्जकले रचना गरी सक्दा सम्पादकसम्म नपुगी सामाजिक संजालमा प्रकाशित गर्दा उसको स्तरमा विकास नआउन पनि सक्छ। सामाजिक संजालमा हुने सबै साहित्यकार नभएकाले प्रकाशित रचनाको सूक्ष्मता नबुझी प्रशंसाको पुल बाँधिदिँदा सर्जकको लेखनमा सुधारपन नआउने बढी मौका हुन्छ। उसको रचनामा सुधारको सम्भावना हुने ठाउँमा नऔंल्याइ दिँदा उसको साहित्यिक गतिविधिमा ख्या लाग्न सक्छ। अधिक मात्रमा सामाजिक संजालको प्रयोग गर्दा शरीरिक नुक्सान छँदै छ।
समग्र रूपमा हेर्दा सामाजिक संजालले साहित्यलाई लाभ पुर्याएको छ र भविष्यमा अझ यसले व्यापक रूपमा लाभ दिने छ भन्न ठोकुवा गर्न सकिन्छ। साहित्यिक संस्था एवं सरकारको तर्फबाट साहित्यलाई देखरेख गर्ने संबंधित अधिकारीले परिवर्तनशील नियम ल्याइदिए भने ‘सोने में सुहागा’ हुनेछ। सामाजिक संजाललाई मात्र मनोरंजनको वस्तु नठानेर सामाजिक, आर्थिक एवं साहित्यिक उन्नयनका लागि प्रयोग गर्न सकिन्छ र गरी रह्यो भने यसले भविष्यमा अरू क्षेत्रलाई लाभ पुर्याए समान साहित्यलाई पनि मजाले फक्राउनेछ।
(चारहजारे, मणिपुर)