मैले धन्यवाद भन्न बिर्सेको सबै समयको लागि
हजुरहरुले गर्नुभएको हरेक विशेष कुराहरुको लागि ।
कहिलेकाहीँ नबोलिएको सबै शब्दहरुको लागि
यो कविता उपहार, हजुरहरुको मायाको लागि ।।
दिव्यता त्यो संस्कारको, हृदयमा राख्न सिकाउनुहुन्छ
उहाँहरु दिनदिनै मेरो लागि बढी अर्थ राख्नुहुन्छ ।
अक्मकाउँदा भेट्टाउने कोमल मार्गदर्शक हातको लागि
मेरो रचना मायामा परिभाषित, मेरा आमाबाबाको लागि ।।
छोरी सफल हुन्छे भन्ने आशा पनि राख्नुहुन्छ
आशिष दिई दिर्घायुको,असल काम गर्न सिकाउनु हुन्छ ।
अन्धकारमय मार्गमा चम्किलो प्रकाश पार्नको लागि
यो कविता,मेरो एक्लोपन र मेरो प्रगतिमा साझेदारीको लागि ।।
म पीडामा हुँदा मलाई करुणाको अर्थ सिकाउनको लागि
यात्रा गर्दा कच्चीबाटो नै भएपनि नरोक भन्नुहुन्छ ।
म उज्यालो रत्न भविष्यको भनी हौसला दिनको लागि
हरेक सपना संघर्षको तपस्याले प्राप्त हुन्छ भनी भन्नुहुन्छ ।।
हजुरहरुलाई धन्यवाद दिनको लागि कुनै विशेष दिन छैन
तर यो समयलाई विशेष बनाउने मौका मैले गुमाउन चाहिन ।
यहाँसम्म पुग्ने वातावरण बनाइ दिनुभएकोमा
हजुरहरुको मायालाइ व्यक्त गरेकी छु, यो रचनामा ।।
(जेबियर इन्टरनेशनल कलेज)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।