बाबा !
सहर आइजाई गर्दा गर्दै
तपाईलाई के भयो?
हेर्नुस त,
मेरो बचपनमाथि तपाईले के गर्नु भयो ?
कुन झ्यालखानमा उसलाई हालिदिनु भयो ?
के तपाईलाई थाहा छ ऊ कुन वेला मर्यो ?
बाबाले कुनै उत्तर दिनु भएन !
आमा !
मेरो रङ्गसँग तपाईलाई चिन्ता छ ?
रङ्ग त मेरो
काटीकुटी बाबातिर गएको छ – कालो
तर तपाईले, रङ्गकै कारणले मलाई
किन आफ्नो छोरा भन्न मान्नु भएन ?
आमाले कुनै उत्तर दिनु भएन !
तपाईलाई त थाहा थियो नि
मेरो घरमा
धानको बोरा बाहेक केही छैन
फेरि पनि तपाईले हतार हतार
आफ्नो छोराको लागि मलाई माग्नु भयो
मैले देखें
तपाईलाई घुँडा दुख्ने गर्थ्यो
घरमा काम गर्ने कोही थिएन
मैले बिहेको लागि चुपचाप हुन्छ भने
फेरि मेरो गरीबीलाई लिएर
किन दिन दिनै होच्याउनु हुन्छ
दाइजोको विषयलाई लिएर
किन अत्याचार गर्नु भयो ?
सासूले कुनै जवाब दिनु भएन !
मेरो शरीरकै टुक्रा
बच्चा मेरो गर्भमा थियो
तर छोरा चाहिन्छ भन्दै
तपाईले एति दवाव दिनु भयो कि
त्यही चिन्ताले एक दिन
कुवामा चिप्लियो मेरो खुट्टा
र गर्भमै मेरो बच्चा मर्यो
मेरो बच्चालाई
गर्भमै तपाईले किन मार्नु भयो
सासूले कुनै जवाफ दिनु भएन !
तपाईलाई
आफूले पालेको कुकुरको माया लाग्छ
उसको नस्ल मैले सोधिनँ
तर जब एउटी केटीसँग मैले प्रेम गरें
तपाईले उसको जात-धर्म-नस्ल सोध्नु भयो
र उसलाई घरमा ल्याउन अस्विकार गर्नु भयो
किन तपाईले मलाई विश्वास गर्नु भएन ?
बाबाले फेरि कुनै उत्तर दिनु भएन !
हरेक गाऊ, बस्ती र सहरमा
आदिवासीका नयाँ पुस्ताले सोधिरहेका छन्
मध्यम बर्गीय आदिवासीहरू
आदिवासी कम र क्लास बढी छन्?
आदिवासी समाज
टुक्रिएर आधा आधा हुनु
कहीं यही कारणले त हैन ?
(अनुवादक – बलराम तिमिल्सिना)