आमा !
तिमी हाँस्यौ चन्द्रलाई तेज दिइ सुर्यको किरण बनेर
रुदाँ पनि जीवन दिई धरालाई दु:खको सागरमा स्वयम् डुबेर ।
तिम्रो आँसु झरे पानी पर्छ, हुरी चल्छ आमा
तिम्रो पीडाको साक्षी भएको हावाले देखेर हो कि ?
एक एक गरी
तिम्रा धेरै सन्तान मारिए,
जुन कोखबाट जन्मे त्यही कोखभित्र गाडिए ।
दयालु तिम्रो हृदयले हत्यहिंसा नचाहँदा नचाहँदै
के पो दिएनौ र ?
धरामा तिमीले,
घरको नाम पृथ्वी राखी, दिएकी थियौ सर्वश्रेष्ठताको उपाधी
आमा तिम्रो कोखमा पाएको आनन्दको अनुभूति
स्वर्गझैँ सुन्दर ।
तिम्रो बिगत बुज्न इतिहासका पाना पल्टाउदै जाँदा
भूमिमा कम्प नै आयो आमा, सयाद हजुरको आत्मा बोल्न खोजेको होकि
आमा तिमी महान् छौ, ईश्वरले पनि
सम्मान गर्नुहुन्छ हजुरलाई
नमन छ है , मेरी आमा तिमीलाई ।
(जेबियर इन्टरनेशनल कलेज)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।