दियोमा बत्ती फेरि,उसैगरी बाल्नुपर्छ जिन्दगीभर सँगसँगै, पाइला सार्नु पर्छ । किन मान्छौ पीर, घरीघरी मन दुखाएर नदुखाऊ मन, आऊ अब, हामी हाँस्नु पर्छ। मैले भने नि आँशु नझार, पीडाका अब मेरो हात समाऊ, सारा काँडेतार नाँघ्नु पर्छ। हो ढिलो छिटो हुन सक्छ, धैर्यता गर तिमी चोखो मायामा हार हुँदैन, जित मान्नु पर्छ। (एडिलेड, साउथ अष्ट्रेलिया)