लापता छ भविष्य
घर लथालिङ्ग
तिमी हुन्छौ ..
आफ्नै परिवार भित्र, भिन्न
म छु यहाँ तिम्रो लागि खिन्न
हो …
देशै चिन्न
राजनीति नजान्ने को हुन्छ
कुटनीति भिन्न
आधा तँलाई आधा मलाई
भागै लगायो देशै लुट्न
बाऊ बाजेको धरोट थाम्न
सक्तैन अब प्रजातन्त्र किन्न ।
(म्यानमार)