होइन तपाईंले यो के गर्नुभएको ? धत गर्न हुँदैनथ्यो,
हिजो आफ्नै खुट्टा तान्नेको आज मदत गर्न हुँदैनथ्यो ।
दुष्मनले तयारी देखेर होला पहिलै हमला बोल्यो,
उसले देख्नेगरी तपाईंले कसरत गर्न हुँदैनथ्यो ।
शायद जाँदा खालीहात जाने हो भनेर यादै भएन,
भएको भए यसरी जिन्दगीभरि बचत गर्न हुँदैनथ्यो ।
छिमेकीले खै के-को उत्सव मनाउँदैछ, मनाओस
तर मेरा आँगनमै दु:ख परेको बखत गर्न हुँदैनथ्यो ।
आमाले म सामु दु:खी चेहेरा कहिलै देखाइनन्
मैले उनको विश्वाश सतप्रतिसत गर्न हुँदैनथ्यो ।
(पर्बत हाल तास्मानिया, अस्ट्रेलिया)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।