माया मन मुटुमा हुन्छ स्वाभिमान शिरमा हुन्छ,
ए मूर्ख मान्छेको पवित्रता कहाँ तस्वीरमा हुन्छ ?
दुनियाँ बदल्न नसक्ला त्यो फरक कुरा होला,
आफ्नो जीवनदृष्टी भने जरुर फकिरमा हुन्छ ।
सबैतिरबाट निरास भएर नै मान्छे मन्दिर पस्छ,
उसलाई लाग्छ होला समाधान मन्दिरमा हुन्छ ।
तिम्रा लागि पहाडहरू अप्ठेरा हुनेछन् पक्कै हो
मलाई डर छैन माहुरीको बस्ती नै भीरमा हुन्छ ।
यसैलाई त भाग्य भन्दा हुन् मान्छेहरूले सायद
खान ढिँडो पाउदैन तर नजर भने खीरमा हुन्छ ।
दु:खलाई संघर्ष भनेर परिभाषित गरिरहन्छ ऊ,
सच्चा क्रान्तिकारीको जीवन नै जन्जिरमा हुन्छ ।
(महेन्द्रनगर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।