वायुको बेगसँग नाचेका ती रुखबिरुवा र तिनका पात, हाँगा
अति प्रवित्र जन्तु र चरा सुन्दर प्रकृतिका,
गृहस्थलको यात्रा हावा र भूमि माध्यम गन्तब्यका
लाग्यो देशको रथ गन्तब्यबिहीन, सारथी अज्ञात देसका ।
भूगोल, युद्ध, स्रोत, मृत्यु पर्यावाची एक अर्काका
मृत्युमा जीत देख्ने मान्छे हून प्रकृतिका
खोला नाला, पहाड र अनेकौँ जन्तु र बिरुवा
प्रकृतिको देनजस्तो भ्रष्ट यी नेता |
सिमसिम पानि, बादल छेडी सुर्य किरण चियाउँदा निम्तिने दृश्य
उद्दीपक मन छुने, बहलाउने प्रकृतिको आशीर्बाद बुज्ने कहिले यी मनुस्य ?
खोला नाला, हरियो बन, अनि हिमालयको आँशु, अमृत पानी हो वर
जननी बेच्ने हातीको भाउ, नकारात्मक मस्तिष्कको के होला र भर ?
लेर पो जालान् के, हरियो बासको मूल्य पो कति हो के ?
देको छ प्रकृतिले, लियो कति पैसा हुर्किनलाई तेस्ले ?
मच्चिदै छुन खोज्छ जमिन, प्रकृतिको चित्कार न बुज्ने मानिस
के लेर जान्छौ, चित्कार प्रकृतिको आमन्त्रण बुज, मिसिने यही हो माटो ।
प्रकृतिको जीवन असल र खराब नीतिको पुस्तक
हुर्किदो बिरुवा उर्वरकको मात्र ज्ञानको दस्तक
मिलेको बिरुवा, मिलेको रुख, खराब बिरुवा अज्ञानी कर्म
वायुको मात्रा प्रकृतिको नीति, बिना सुल्क अमृत प्रकृतिको धर्म ।
यो वायु, यो वन, हुर्किने खेल्दै अनेकौ जीव जन हो धन
जीव रक्षाको देव काटी कुर्सि गर्छौ आविस्कार झन्
बस्छ को ? अस्तित्व बेची खाको दुई खुट्टे जान्वर
तन्दाकाउँदा तन्किने छुटे आफैलाई चोट दिने दिमाग जस्तो रवर |
दुई पांग्रे मानिस, चार पांग्रे वा रगटीदै हिँड्ने किरा
मातृत्व, अस्तित्व, इतिहास लडाउने लोब गर्दै हिरा
सबै हुन् प्रकृतिको देन न भुल जन्मेको माटो
नीति सबको हित राम्रो, बेची नखाऊ मातृत्वको काटो ।
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।