सच्चा पुरूष् अनि नारीका कुरा छन्
मैले नकाटेको दाह्रीका कुरा छन् ।
सम्झिन्छिन् होला कि बिर्सिसकिन् कुन्नि ?
हामीसँगै खेल्ने चारीका कुरा छन् ।
वर्षातको याम, वीचमा छल्दी खोला
उनी हुँदा पारी, वारीका कुरा छन् ।
मैले मेलो खन्नी, उनले कोदो रोप्नी
हामी भेट्ने मकै बारीका कुरा छन् ।
कोहीकोहीलाई दही मन् पर्छ भनी चोरी
आधी बनाएको आरीका कुरा छन् ।
कुलो लाउनी निहुँमा भेट्न पाइन्थ्यो भन्यो
आफ्नो भने खेत टारीका कुरा छन् ।
बोल्न लाज लाग्ने, भेट्ने ठाउँ कस्ता
खन्निउँ, काफल्, ऐंसेलु घारीका कुरा छन् ।
काम् गर्दा घाम् पानी भन्न कहाँ पाइन्थ्यो र !
डोको, नाम्लो अनि भारीका कुरा छन् ।
कमिज् अनि मेड्डीमा देखिरहेको
अहिले ब्लाउज् अनि सारीका कुरा छन् ।
(गुल्मी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।