अविवाहिता फुच्ची दुनियाँकी दिवाना बनेकी हुँदी हो त अनौठो कुरा थिएन । तर घरगृहस्थीमा चार सन्तानकी आमा कसरी मानिसहरूको पछि मोहनी लागेझैँ लाग्ने रहर नघटेको । केटीभन्दा केटासाथी कति हुन्, गनेर साध्य थिएन । बनावटीलाई दुरुस्त देखाउन खप्पिस उसका हरेक क्रियाकलाप त्यतिकै बिषालु लाग्थे । घरपरिवारमा बालबच्चादेखि आमै सबै वाक्कदिक्क थिए । नचाहिँदो बेहोराले कस्तो रुप लेला ? त्यो एक दिन कसरी, कस्ताे आउँला ? ‘अति भएपछि खती‘ पर्दा पछाडिभन्दा अगाडिको समस्या सामना गर्न निकासको डोरो भेट्ने कसरी ? आफ्नो इज्जतमा लागेको दाग धुनु न पखाल्नु, स्वयं बाँच्नु पनि कसरी ? साथी सर्कल बढाउने फुच्ची स्वावलम्बी होइन थिई । न कुनै नेता कार्यकता वा कलाकार नै ।
जमाना बदलिएसँगै परिवेश पनि बदलिएको ध्रुवसत्य कुरालाई कसैले नकार्न सकिदैन । हाम्रो रहनसहन यति चाँडो बदलिनुमा आम सञ्चारको विकास नै हो । हिजोसम्म घरी आवा, घरी पेजर त सबैभन्दा बढी हुलाकसेवामा भरपरेको संसार इन्टरनेटको जमाना बढो चाखलाग्दो छ । युट्यूब, भाइवर, फेसबुक, इमो, म्यासेन्जर आदिमा भुलेको छ, दुनियाँ । टेलिफोनको सर्वसुलभता पनि मोवाइल हातहातै इन्टरनेट कनेक्सन भएपछि त अरे बाफरे गाउँ न सहर ठाउँ विशेषका खवर पनि कति चाँडै विश्वभर । उता, विश्व परिवेशको समाचार पनि बासी छैन ।
आपसमा अनुहार हेराहेर भिडियो च्याट अरे । भाइबर कल अरे । म्यासेन्जर स्यासेन्जर केके हो विज्ञानको देन यति धेरै प्रविधिसँग घुलमिल हुन पाएका हामी साँच्चैमा कति धेरै भाग्यमानी ! तर दैनिक नयाँ बनेर अरु केके समाचार सुनिन्छ । सुन्नु पर्छ । फुच्ची त नेपाली समाजकी एक प्रतिनिधि पात्र जो यस कथामा मात्र सिमित छे । चेतना सबैका लागि यो कथा कुनै कल्पना भए पनि हिजोआजको हाम्रो नेपाली समाजको वास्तविकता पनि फरक छैन ।
‘चिनी पनि धेरै खायो भने तीतो’ हुन्छ., हो ? धेरै भइसक्यो फुच्चीको काम गराइ भान्सामा मन नभाको । फोन जति बेलै उसको हातमा हुन्थ्र्यो । छिनछिनमा डायल गरेर घण्टौं कुराकानीमा अलमल गर्थी । जब बज्थ्यो भाइबर लाग्थी एकान्त तिर । आएको म्यासेज पढ्दै खित्किन्थी एक्लै । दुई सिट्ठीमा पाक्ने खाना लगातार कुकर ५–६ सिट्ठी बज्थ्यो । अनि बल्ल चालपाएर झर्किदै झिक्थी चुलोबाट । हतारमा लतरपतर तरकारीको जोहो त्यो पनि मोबाइलमा बोल्दै । उतिखेर ग्यासमा बसाको कराइ तातेर गन्ध आए पनि दौडिन्छे फुच्ची पुनः फोनमा कुरा गर्न र चढ्छे अग्लो ठाडो भर्याङ्ग ।
हाहाकारमा जोहो गरेको ग्यास बलेको बलै…।
कसले ? किन ? कहाँबाट फोन गर्थे करिकाट्टे सुनाए पो । यदि कसैले सोध्यो भने ‘जो चोर उसैको ठूलो स्वर‘ भनेझैं औँला ठड्याउदै अघिदेखि ग्यास बलेर फुट्लाझैं तातेको कराइभन्दा अझ केही गुणा बढी तात्थी ऊ । स्कुले छोराछोरीलाई हिँड्न ढिलो भइसक्यो । बिरामी सासुलाई औषधि कुन बेला दिने हो ? सबैको तारतम्य भान्सा तर समयमा कहिल्यै पाक्दैनथ्यो । उल्टो हप्कीदप्कीले पुनः फेसबुक खोल्थी । ‘ममी आजको टिफिन ?‘ कति मिठो बात गरेर सोधेकी छोरीलाई जवाफ ‘भ्याइन आज, जे मन लाग्छ खानु‘ आमा भनेको त्यस्तो पनि हुन्थ्यो कतव्र्य ? मन खिन्न पार्दै नातिनीले कोट्याउँथिन् हजुरआमालाई तर बिचरा बूढी ! आफुले सकुन्जेल त गरेकै थिइन् । तर अब घरको तालाचाबी सबै बुहारी कै खटनमा थियो ।
तैपनि घरमा चाहिने सामासर्दम केलाइकुलाइदेखि भण्डारको सफाइ छाडेकी थिइनन् । ‘ऊबेला कामको चटारोले गर्दा आफ्ना त छोराछोरी लडनवडनमै हुर्के‘ भन्थिन् आमैले । एकपटक, ‘ठूली छोरीको कपाल सानैदेखि बाक्लो लामो थियो । असारको चटारोमा कोरीबाटी नभ्याए पछि लट्टा र जुम्राको पोकोलाई काट्दिन मन नभा‘को हैन तर छिरिक्क कैचीको चलनै थिएन । गाउँले बसाईका किसान परिवार समयमा खेती नगरे फेरि के खानु ? छोराछोरीका आङमा मयल परोस् कि लिखा, हातमा भालुकाझैं नङले रगत पच्छे टाउको । त्यो घाउको डाहा सहन नसकेर कति रुन्थे ! लेग्रे अनुहार कुन छोरा कुन छोरी पहिल्याउनु पहिला त्यो भूत कि मान्छे ? आफ्नै सन्तान ठम्याउन कत्रो मुस्किल पथ्र्यो ।‘
त्यो तुलना पछिल्लो समय कति हाइसन्चो ! यत्रतत्र साथी चौबिसै घण्टा फेसबुक चलायो । आफन्तसँग बोल्नुचाल्नुभन्दा पचासौ फुच्चीका नयाँ साथी । उता, नचिनेका भनेर के गर्नु ती सबैको फोननम्वर कण्ठ थियो । मोबाइल क्यामेरामा फोटा पनि कति उट्पट्याङ खालका…? एक दिन छोरासँग गफिदै थिई, उसलाई त सबैले राम्री, एकदमै सुन्दरी भन्छन् अरे । कस्तो लाजमर्दो बात ! अनुहारको चिप्रा धोइ न पखाली लिबिस्टिक पाउडर घसेको त्यो देखावटी अनुहारलाई कर्मको पाठ, सुवास बारे कसले पढाउने ? कसले सिकाउने ?
फुच्चीको भनाइअनुसार फेसबुके साथी ‘असल र सहयोगी‘ हुन्छन् अरे । चौतारामा बसेका छिमेकी दिदीबहिनीसँग खुब भाषण दिदै थिई । त्यहीबेला छोरीले पसिना पुछी । छलकपट रहित स्वभावकी बालीका यसरी बोल्नथाली, ‘उषा आन्टी ! विनिता आन्टी ! कविता आन्टी ! सुन्नोस् है हाम्रो घरमा दाल डढेको कथा । हजुरहरूको भान्सामा पनि त्यस्तै केही हुन्छ ? हाम्रो मामुले खाना पकाउँदा अर्को दिन तरकारी गुलियो भाथ्र्यो, पत्याउनु हुन्छ ? मैले त त्यसदिन खानै नखाइ स्कुल गर जाँच दिएँ । भोकै पेट । चिया बिस्कुटकाे तलतल पनि चिनी त बरु खान्थेँ, मिठो लाग्थ्यो तर चियामा नुन वाफरे…।‘ ‘मामुले कसरी पकाइन् ती परिकारहरू ? त्यस्तो मिठो खाने बेला खोइ त हामीलाई सम्झेको…?‘ विनिताको प्रश्न सोधाइले सायद लजाइ फुच्चिकी छोरी । सामुन्ने मामुले पनि आँखा तरेको देखेर ‘जतिखेर पनि मोबाइल अनि के गर्नु‘ भन्दै ऊ एक्लै दगुरी घरतिर ।
माघ महिनाको एक दिन असिना पानी परेको थियो । जाडो महिना स्कुल बिदा हुनाले सबै केटाकेटी घरैमा थिए । फुच्चीको सानो छोरोलाई अलि सन्चो थिएन । अस्पत्ताल लैजादा बाल विज्ञले भने, ‘बच्चाको सानोतिनो बिमारको इलाज आमा हुन् ओखती । उनको न्यानो काख अनि स्पर्स जसले पाउछ उसलाई धेरै महंगो औषधीको जरुरत पर्दैन । उस्तै अप्ठ्यारो स्थिति बाहेक ।‘ तर फुच्चीलाई भने भलो कुरा बिष हुन्थ्यो । किनभने, त्यत्रो डाक्टरको कुरा नपत्याएर कुन चाहिँ झोलेकाबाट केके दबाइ ल्याइल्याइ । ‘सानेलाई चाँडो निको पार्छु‘ भन्दै कोच्याउदै थिई ।
तैपनि छोरो सन्चो भा‘थिएन ।
उसको हिँड्ने काम हेर्दा हेर्दै स्कुटर देखिन छाड्थ्यो । सुतेको सानो एक्कासि निन्द्रामा रुन थाल्यो । छाम्दा ज्वोरो खनिएको रहेछ । आमैले बुहारीलाई फोन गरिन् तर मोबाइल अफ थियो । घर बाहिर जाँदा यता÷उता केही नभनी हिँड्ने चलन कस्तो अनौठो तरिका ? त्यसमाथि उसैको बच्चालाई सन्चो थिएन । बिरामी स्वरमा सानोले भन्यो, ‘मेरो मामु पिकनिकबाट फर्केर आउँदा मम ल्याएदिने कुरा…।‘ बोलीनसकी रुन थालो । त्यसपछि त झन् जाउलो न पानी दवाइ सवाइ केही खान मानेन ।
साँझ टरिसकेको थियो । स्वाँँस्वाँ र फ्याँफ्याँ गर्दै फुच्ची घर आइपुगी । हातमा बोकेको झोला फ्यात भुइँमा राख्दै थ्याच्च कुर्सिमा बसी । उसको हालत देखेर आमैले सोधिन्, ‘किन धेरै कष्ट पर्यो ?‘ सासुको कुरा सुनेर फुच्चीले भनी, ‘फर्केर आउन स्कुटर साथीलाई दिएर पठाएँ । उसको बच्चा निकै बिमारी भएछ । घरबाट फोन गरेर हैरान । आफ्नो माइती गाउँको मान्छे साह्रोगाह्रोमा सहयोग नगर्नु पनि कसरी…?‘ त्याँभन्दा बढी भट्याउन छोरो नै अड्चन बन्यो । रुदै थियो सानो आएर लेपासियो ।
फुच्चीले लोग्नेलाई थर्काइ, ‘मेरो मात्र भरले घर कसरी चल्छ ? कति दिन पछि एकछिन के हिँडेकी थिएँ । सानोको यो हालत भएछ, लैजानु पर्दैनथ्यो हँस्पिटल ?‘ उसको कुरा सुनेर ठूलो छोराले भन्यो, ‘मामु ! बाबा आइपुग्नु भा‘को भर्खर हो । उहाँले काम नगरे हामीले कसरी खान पाउँछौँ ? बरु भन्नोस्, अफिस न सफिस ऊबेलादेखि हजुर कता जानुभा‘थ्यो ? एकातिर स्कुल बिदा अर्कोतिर बिरामी भाइ रुन्छ, मामु कि मामु कोलाहाल गरेर । यस्तै चाला हो भने घरका हामी सबै थलिन्छौँ । म सानो थिएँ । बुबा बोलिरहनु हुन्थ्यो । चित्त दुखाइरहनु हुन्थ्र्यो । ऊबेला मैले कुराको मेसो बुझेको रहेनछु । तर अब म पनि दश पढ्ने भइसकेँ। हरेक कुरा सँगैका साथीसँग तुलना नगरौँ तर हामी टुहुरा त हैनौ नि ?‘
सानोलाई बाबा र आमैले डाक्टर कहाँ पु¥याए । उसलाई स्लाइनसँगै अक्सिजन पनि दिइयो । खादैखेल्दै गरेको बच्चालाई देखेर विज्ञले औषधि पर्दैन ‘ठीक हुन्छ‘ भनेका थिए । त्यसपछि अर्को डाक्टरको कुरा कुन औषधी कसरी खुवाई ? त्योबेला नाक मात्र हल्का बगेको थियो तर दुई दिन अन्तरमा ऊ कसरी सिकिस्त भयो ? आमैका आँसु अडिएनन् । धुरुँधुरुँ रुँदै सम्झिइन्, ‘दुईदिन अघिमात्रै बुहारीले नै जचाएर घर पु¥याएकी । फेरि कसरी चै यस्तो भयो ?‘
मन वचन र कर्म ठीक भए नभएको यहिबाट था‘ हुन्छ । स्वयं आमाको लापरवाही त्योपनि आफ्नै बच्चाको स्वास्थ्यसँग । दुनियाँमा काहीँ पत्याउने कुरा हो ? थोरै मात्र अर्तीको ख्याल गर्दिएको भए आज यो कठीन अवस्था आउने थिएन कि ? ‘किन आमा के भयो ?‘ छोराको जिज्ञासामा आमैले भनिन्, ‘विज्ञानको चमत्कारले हामीलाई फलिफाप गरेन छोरा । किनभने, त्यसदिन फुच्चीले सानोलाई डाक्टरकहाँ नलगेर अनेत्रै साथीका घरमा बसाएर ऊ भने कता, कोसँग सिनेमा हेर्नगा‘थी अरे । पछि घर फर्किदाखेरी मेडिकलबाट दवाई किनेर ल्याएकी रहिछ । त्योपनि किन था‘छ, यस बालखले दिउसोको खाजा आइसक्रिम खाथ्यो रे ।‘
ऊबेला निमोनियाले सिकिस्त पारेको सानोलाई चिसोमा हदैसम्म जोगाउनु पर्नेमा फुच्चीबाटै ख्याल नहुनु भनेपछि शान्तिले सासफेर्न कसरी सकिएला ? निकै कठीन समय जो सोच्दैमा पनि भयानक सपना जस्तो, कसरी निकास पाइएला…? बिरामी बच्चा खुब छट्पटायो । त्यो दृष्य देखेर सबै आतिए । तर सानोको त्यो छटपटी डाक्टर अंकलको दवाइले ‘निको भयो‘ भन्ने शंकेत रहेछ । ऊ पुनः बोल्यो– बाबा कति गुड अनि आमै ! अब मेरो घाँटी दुखेको छैन है । त्यसकारण कसैले पीर नगर्नु । तर अहिले राती छ कि दिउँसो मलाई त जाउलो खान मन लाग्यो । अर्को कुरा, प्लीज बाबा अबदेखि म त्यो आहाना साहानाको घर कहिल्यै जान्न । ज्यान गए जान्न । किन मलाई मामुले त्यसरी छाडेर हिँड्नु भो ?‘ त्यसमाथि डाक्टरको सल्लाहबिना जथाभाबी मेडिकलको औषधी ठूलै मानिसलाई त घातक बन्छ भने त्यो भुरोलाई धन्न उसको ज्यान केही भएन ।
(धनकुटा हाल काठमाडौं)