परिवार पनि
हो रहेछ एउटा सरकार !
जस्तो कि
आमा राष्ट्रपति हुनुहुन्छ
सेरेमोनियल
बा प्रधानमन्त्री हुनुहुन्छ
कार्यकारी
हामी बच्चा बच्चीहरू
जनता हुने रहेछौँ ।
कहिले
चकलेट मागेर नारा लगाउँछौँ
कहिले
पानीपुरी मागेर जुलुस निकाल्छौँ
नारा जुलुस बढी भयो भने
बाले लाठी चार्ज गर्नु हुन्छ
आमाले पानीको फोहोराले हान्नु हुन्छ
हामी जुलुस छोडेर कुनामा लुक्छौं !
परिवार भन्नु पनि
हो रहेछ सरकारजस्तै
बा आपूर्ती मन्त्री बन्नु हुन्छ
आमा- वाललालिका तथा खाद्य मन्त्री
बा रक्षा मन्त्री बन्नु हुन्छ
आमा गृह मन्त्री
हामी वाल वालिकाहरू
विना विभागीय मन्त्री हुने रहेछौं !
परिवार पनि
सरकारजस्तै हुने रहेछ
बा प्रधान न्यायधीश
आमा सरकारी वकिल
हामी नानी-बाबुहरू
वादी र प्रतिवादी हुने रहेछौँ
झगडा गरेको निहुँमा
बाको फैसला अनुसार
कैले सिर्कनो
कैले सिस्नो
कैले आमाको चप्पल
कैले बाको थप्पड
सजाय पाउने रहेछौँ ।
परिवार भनेको पनि
सरकारजस्तै रहेछ
तर एउटै फरक रहेछ
देशको सरकार
जनतालाई भोकै राखेर
तिनै भोका जनताको
आसु, रगत र पसिना खाँदोरहेछ
घरको सरकार
आफू भोकै बसेर पनि
जनतालाई खुवाउँदो रहेछ !
(सिन्धुली)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।