बाबा आमा हाम्रा
घाम जुन झैँ राम्रा
हाम्लाई राम्रो नाना
दिन्छन् मिठो खाना ।
रात दिन भरी
विर्सी घाम झरी
दुःख सारा गर्छन्
हाम्रै लागि मर्छन् ।
इच्छा राख्छन् उनी
असल हामी हुनी
सबले मानुन् भन्छन्
खराब भए रुन्छन् ।
धन, ज्ञान दिन्छन्
जिम्मेवारी लिन्छन्
बराबर ठान्छन्
सन्तान् प्यारा मान्छन् ।
आत्मा उनको रुन्छ
जब हेला हुन्छ
श्राप लाग्छ नानी
पुज इश्वर मानी ।
(इस्मा, गुल्मी)