भगवान मलाई मेरा प्रश्नको जवाफ चाहिन्छ होइन भने तिम्रा मन्दिरमा आगो लगाइन्छ जसले तिमीलाई बनायो तिम्रो मुर्ति बनायो उसलाई मन्दिर पस्न किन बन्देज गराइन्छ होसियार जाताका नाममा विभेद गर्नेहरु हो सहदैनौँ अब तिम्रा बिरुद्ध बन्दुक पट्काइन्छ सरकार यदि तिमी पनि यसरी नै हेरि बस्छौ भने लाग्छ तिम्रा छातीमा टेकिन्छ सिरमा समाइन्छ प्रिया ममा सेतो रगत भेटिन्छ भने प्रयोगशालामा कसम तिमीले दिएका उपहारहरु फिर्ता पठाइन्छ
(अछाम)