मान्छेले ईश्वरलाई राजा मानिरहे
र राजामा ईश्वर खोजिरहे
राजाले आफैलाई एक दिन
ईश्वरको कर्मचारी घोषणा गरिदियो
र प्रजाको सारा सम्पत्ति
ईश्वरको लागि
भव्य प्रार्थना स्थल बनाउँन खर्च गर्यो
उसको नाममा बजार खोलिदियो ।
भोको, असुरकाषित, वेरोजगार पिँढीहरू
आफ्ना पूर्खाको सम्पत्ति
र समृध्दि फिर्ता माग्दै
त्यो भव्य प्रार्थना स्थलको दैलोमा
सिर झुकाएर बसेका छन अब ।
मान्छेको लागि
ईश्वरसम्म पुग्ने बाटो
बजार हुँदै किन जान्छ ?
(अनुवादक – बलराम तिमिल्सिना)