हेर,
इतिहासले कसरी
आफैलाई दोहोर्याउँछ ।
सीताले जङ्गलमा
फेरि देखेकी छिन ‘स्वर्ण मृग’
रामले शिकार गर्न आदेश दिइसकेका छन
लक्ष्मण निस्केका छन
हतियार लिएर ।
फेरि काटिने छ नाक
शूर्पनखाहरूको
शम्बूकहरूको टाउको
फेरि छिनालिने छ
जङ्गलीहरू सवै मारिने छौं ।
यस पटक पूजिने छन
लक्ष्मण,
राष्ट्रभक्त सैनिकको रुपमा
सीता,
विकास ल्याउँने कम्पनी
र राम,
राष्ट्रको रुपमा ।
एक पटक फेरि
यो कुरा लेखेको कारणले
म देशद्रोही मानिने छु
अनुवाद – बलराम तिमल्सिना