चाहेर पनि म कसै-कसैको प्यार बन्न सक्दिनँ
एक्लो मान्छे नदिको दुई किनार बन्न सक्दिनँ ।
पानी भने पानी बनुला आगो भने आगो बनुला
याद राख्नु भोलि तिम्रा लागि अङार बन्न सक्दिनँ ।
अन्याय सहन्न अब म बोल्छु मलाई बोल्न देउ
म ढुङ्गाझै मौन भै भगवानकै अवतार बन्न सक्दिनँ ।
मैले चाहेर नि तिमिलाइ पिजडामा पुर्याउनु छैन
यसकारण म तिम्रो सिङ्गो संसार बन्न सक्दिनँ ।
दुस्मनको दिलमा नमेटिने छाप बनेर बसेको छु
माफ गर्नुहोस म यो भन्दा धेरै यादगार बन्न सक्दिनँ ।
(बझाङ)