हुँदाको कथा एक प्रकारको । नहुँदाको कथा एक प्रकारको । जीवनमा सङ्कट थियो । उताडचडाव थियो । प्रतिश्पर्धा पनि थियो । शिक्षा आर्जन गर्ने । पद र प्रतिष्ठामा पुग्ने । धन आर्जन गर्ने । विज्ञानका सम्पूर्ण उपलब्धीको उपभोग गर्ने । जीवनलाई सम्पन्नशाली बनाउने । कृष्णनारायणको जीवन पनि यस्तै थियो ।
यो अभिलाशा त सबैमा हुने नै भयो । कसले कसरी कति पूरा गर्छ गर्दैन त्यो भिन्न विषय भयो । गाउँबाट सहर पसेपछि केएन बनेका कृष्णनारायणका तीनभाइ छोरा दुई छोरी । सबैको व्यवहार भइवरी नातिनातिनाहरू भइसकेका । दुई छोरीज्वाँइ र दुई छोराबुहारी परिवार सहित अमेरिकामा सेटल (केएनको भाषामा) । जीवनभर जसरी पनि धन आर्जन गर्ने ध्याउन्नमा लागिरहेका उनको पैतृक सम्पत्ति गाउँमा छदैछ । काठामाडौंमा दुई घर छन् । उनीले बढो कष्टसाथ जोडेको दुई रोपनीजग्गा बेचेर दुई छोरा अमेरिका पुगेका हुन् । र समयक्रममा उतै सेटल भए । कान्छो भने यतै हल्लिरहेको छ । सानो जागिरमा छ । यो भने बिग्रियो भन्ने केएनको बुझाइ छ ।
केएन र उनकी बूढिया एउटा घरमा र कान्छो छोराबुहारी अर्को अलि परको घरमा बस्ने गर्दछन । कान्छाले आफ्नो घरव्यवहार धन्नधन्न धानेकै छ । बाउको भने कमाइ अलि बढी नै छ । पेन्सन, कोठाभाडा, विदेशबाट आउने रकम । दुईतला भाडामा दिएर माथिल्लो डेढतलामा बूढाबूढी मात्र । कान्छाको भुइतला मात्र । कान्छाकान्छीलाई चाडबाडमा बोलाउन पनि बाउआमा गाह्रो मान्थ्ये । कमाइ नहुने र त्यसमा पनि फरक विचार भएपछि उसको भाउ कम हुनु स्वभाविकै थियो । त्यसमा पनि धर्मकर्म गर्ने सुद्ध बाहुन न परे । धनको, अमेरिकाको, पेन्सनको, कोठाभाडाको तुजुक इज्जत शानमानले शिखरै नाघेको थियो ।
केएन विमारी परेछन । कान्छोले थाहा पाएर अस्पताल पु¥याए । बूढा अलि ठीक भएपछि गफिन थालेछन् । सबैको प्रगतिको कथा सुनाएछन् । यो कान्छो हो । यस्लो केही गर्न सकेन । अरुको भन्दा पढाई पनि राम्रो छ । तर लोभी भने छैन । अमेरिका जा भन्छु मरिकाटे जान्न भन्छ । जे हुन्छ यहीँ हुन्छ भन्छ । केही सिप लागेन । के गर्नु पिर लाग्छ ।
छेउको विरामी कुरुवा अधवैंशेलाई झोक चलेछ, हैन तपाईं त कस्तो मान्छे हो ?यस्तो वेलामा पनि सम्पत्तिको धाक लगाउनु हुन्छ । के त्यो अमेरिकी सम्पत्तिले तपाईंलाई अस्पताल ल्याउन सक्यो ? भलै भिडियोमा मुखामुख गरेर कुरा गर्नुभयो होला । उनीहरूको शुभकामना र सदासयताले खाना तयार हुन्छ ? पानीतातो हुन्छ ? एक्लो पनाको अन्त्य हुन्छ ? जो आफूलाई केहीपर्दा भेटिने छोरो भने कुलाङ्गार ! बिग्रेको ? जो पैसा त पठाउँछ तर भेटिदैन, जसले पठाएको सम्पत्ति तपाईंले लगानी गरेजति कहिले फर्कने हो ठेगान छैन । तपाईंजस्तो स्वाँठ र अविवेकी बाउ त कसैको नहुन भनेर रन्थनियो ।