काठमाडौं, २१ असोज ।
नेपालीहरूको महान् चाडका रूपमा लिइने वडा दशैैँको मुख्य दिन आज घरघरमा टिका र जमरा लगाएर मनाइँदै छ । हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन विहान दशमी का दिन आफूभन्दा ठुला र मान्यजनहरुको हातबाट टीका(प्रसाद ग्रहण गर्ने चलन छ । आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना०मा जमरा राखी नवमीसम्म धार्मिक विधिले प्रत्येक दिन फरकफरक देवीहरूको पूजा हुन्छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । जस अनुसार प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा हुन्छ । दशैँ दिन विजया दशमीका दिनलाई रामले रावणमाथि, दुर्गाले शुम्भ निशुम्भ र महिषासुरमाथि विजय गरेको दिनका रुपमा सम्झिदैँ नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । यसलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइन्छ । दशैँ पूर्णिमासम्म मनाउने चलन छ ।
दशैमा घरआँगन र बाटोघाटो, टोल गाउँ सफा गर्ने, राम्रो लगाउने, शुभकामना आदानप्रदान गर्ने र आफन्तजनसँग भेटघाट गर्ने प्रचलन रही आएको छ । दशैँमा विदेशिएका आफन्तजन फर्किने र ठूला बडाका हातबाट टिका ग्रहण गरी आर्शीवाद लिने चलन छ । यसकारण दशैँ धार्मिक मात्र नभएर सामाजिक र सांस्कृतिक पर्वका रूपमा विकसित हुँदै गएको छ । यसलाई पारिवारिक सम्मिलन र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका रूपमा लिने पनि छन् ।
नेपालको पूर्वी भागमा पूर्णिमासम्म टिका लगाउने चलन रहिआएको छ । पश्चिम भागमा भने दशमीको दिनमात्र टिका लगाउने चलन छ । पश्चिममा एकादशीदेखि पूर्णिमासम्म देवीदेवताको मन्दिर÷थानमा पूजा र सरायँ नाच नाच्ने परम्परा छ ।