चुनावहरु आउँछन् । सहरका नामहरु निकै जपिन्छन् । पछिल्लो पटक सम्पन्न प्रतिनिधी, प्रदेस शभा र स्थानीय तहका चुनावहरुमा पनि सहरहरु खुब जपिए । सबै सहरहरुले आफ्नो नाम अगाडी धेरै बिशेषणहरु थप्न पाए । सुन्दरता थप्न प्रयोग गरिने जानेभरका विशेषणहरु बोले नेताहरु । जस्तो कि स्मार्ट, नमूना, हरित, नम्बर वन, Read more
“What’s in a name ? That which we call a rose By any other name’ Would smell as sweer.” -William Shakespeare (Romio & Juliet) उपरोक्त नाट्यसंवाद उगेल्ने नाट्य सम्राट शेक्सपियर हुन् । “वाट्स इन अ नेम ?” अर्थात् नाममा के छ ? नाममा के छ के छैन भन्ने कुरो शेक्सपियरलाई Read more
घुन र मान्छे फरक जिव हुन् तर केहि मान्छेहरू को नियति घुनको जस्तै देखिन्छ । घुनहरु कहिले जातोमा पिसिनुपर्छ कहिले हाडिमा भुटिनुपर्छ कहिले माटोमा गाडिनुपर्छ ठिक उस्तै उस्तै केही मान्छेहरु शासकबाट पिसिन्छन सत्ताबाट भुटिन्छन धर्ती पुत्र भएरै माटोमा गाडिन्छन। कास घुन मान्छे भैदिएको भए मान्छे घुन भैदिएको भए न पिसिनि, Read more
मलाई त हुनु छैन "म" मेरो मात्रै म त सबैको हुन चाहन्छु । पहाडको भित्तामा अडेस लागेको झुपडिभित्र आफ्नै उमेरको पहाडले थिचिएका बृद्व बुवाआमाको हातमा थमाउनु छ - दमको औषधी पुराउनु छ बाटो र एम्बुलेन्स । धनप्रसादका छोराछोरी विद्यालय पुग्ने बाटोमा उभिएको गरिवीको पर्खाललाई भत्काउनु छ कर्म र जिन्दगी पढाउने Read more
दुर्घटनाले मात्र यात्रा कहाँ रोकिदोरहेछ र राजमार्ग अबरुद्ध भएपछि विकल्पमा, रोजेको हुँ मैले गल्लिको बाटो । छिचोल्न जीवनको पथ आकासको जूनकै भरोसा लाग्छ जुनकीरीकै धिपधिपे देखेर हौसला बढ्छ यहाँभन्दा ठुलो म कुन साहस गरुँ ! पहिरो गएको भाग्यको भूगोलमा गुराँस बनेर रङ्ग्याउँन सम्भव देखिनँ, र त केतुकी बनेरै फुलेको हुँ Read more
दाइकहाँ नगएको धेरै समय भएको थियो । नबोलाए पनि जानुपर्ने त थियो, तर जाने समय मिलिरहेको थिएन । मुस्किलले उबारेको समयलाई पनि सदुपयोग गर्न सकिरहेको थिइनँ । समय त छुट्याउँथेँ, तर समय न हो मैले छुट्याउँदैमा मेरै लागि पर्खिबस्दैनथ्यो । हेर्दाहेर्दै मेरो समय अर्कैको भैहाल्थ्यो । समय थुपार्न सकिने भैदिए Read more
मैले चिनेको नेपालीले एमसिसी स्वीकार गरेको पाइनँ । यसले नेपाली स्वाधीनता पिट्छ, थिच्छ, खान्छ नेपाली सान मेटाइदिने ध्याउन्नले पस्न खोज्दै छ यहाँ । हात थापेर रमाउन पल्केकाका लागि पनि यसको प्रवेश ओछ्यान भिजेपछि दैलो देखेको दृश्य हो । आफैमाथि बन्चरो प्रहार गरेर बहादुर बन्ने हो र ? चेतनाको टोपी Read more
विहान भएको थियो । मनप्रसाद सधँै जस्तो बाहिर बेतको कुर्सीमा बसेर पत्रिका पढ्दै थिए । बिहान पाँच बजे नै उठेर नित्यकर्म सकी हल्का कसरत गर्थे उनी । त्यसपछि घामको कलिलो तातो लिँदै पत्रिका पढ्ने उनको आदत नै थियो । कलिलो घामबाट भिटामिन डि प्राप्त हुन्छ । पहिले पहिले त Read more
जित्ने प्रयास गर्दा गर्दै हार्छ जिन्दगीले थाहा छैन कति पटक मार्छ जिन्दगीले । खुसी हुने बाहानामा भौतारिदै छ मन हेरौँ अझै कति आँशु झार्छ जिन्दगीले । सफलताका लागि पाइला चाल्दै गर्दा झन झनै दुख पीरमा पार्छ जिन्दगीले । ए समय चोट पनि कति दिन्छस अझै दुखलाई सुखमा कहिले सार्छ जिन्दगीले Read more
मेरो साथमा रहेको मोवाइलको घन्टी बजेको रहेछ, गरमागरम साहित्यिक चर्चा भइरहेको हुँदा घन्टी बजेको थाहा नै पाउँदिन । केही बेरपछि बागबजारको रत्नपुस्तक छिर्ने गल्लीमा रहेको खाजा पसलमा जय छाङ्छा आइपुग्छन् । अब बहस अर्कैतिर मोडिन्छ । महिनामा एक पटक भए पनि पदयात्रामा निस्कने कुराको टुङ्गो लाग्छ । पदयात्रामा निस्कनु Read more