बजार घुमेर भाषण ठोकेर सबै कुरा सकेर घर फर्केपछि कोठामा छिर्ने बेलामा श्री ६ महाराजलाई बल्ल थाहा भयो आज मौसुफले कट्टू लगाउनै भुल्नु भएको रहेछ ! दौरा लगाउनु भयो कोट लगाउनु भयो एउटा नक्कली श्रीपेच पनि लगाउनु भयो चस्मा लगाएर ऐनामा हेर्नु भयो ऐनाले तलको कुरा देखाएन मौसुफ मुसुक्क मुस्कुराउनु Read more
दाजुभाइले बडो दुःख गरेर घरको जिम्मेवारी संयुक्त रूपमा लिए । पहिलेको मन मुटाव, तेरोमेरो भावना सबै रछ्यानमा पुरेर समृद्घिको छानोले घर सिँगार्ने प्रण गरे । आफ्नो वयोवृद्घ पिताहरूको सद्बुद्घि पलाएको देखेर सन्ततीहरू खुसी भए । सम्वृद्घितिर उनीहरूको पाइला अघि बढ्दै थियो । एकाएक शक्तिदेवीले तिनका हिँडिरहेको पाइलालाई दौडाउने प्रस्ताव पठाइन् Read more
‘हाम्लाइ स्वर्गको द्वार खोलिदिने देवता । मेरो छुनुमुनु ।’ आमा भाइलाई खेलाउँदै भन्नुहुन्थ्यो । म बाबाको अनुहार पुलुक्क हेरेर सोध्थेँ, ‘किन बाबा ! हामी छोरीसँग स्वर्गको चाबी नहुने हो र द्वार खोल्नलाई ।’ बाबा केही बोल्नु हुन्थेन । आमालाई र मलाई पालैपालो हेर्नुहुन्थ्यो। हुन पनि पुत्रेष्टी यज्ञ, हरिवंश पुराण लगाएपछि Read more
भुइँतिर आँखाहरू अस्ताचल पछ्याउँदै सामथ्र्य झुकेको शिर आत्मविश्वास निदाएका युवाहरू । दोबाटोमा गन्तव्य देउराली नपुगेको क्रान्ति निजी सुखपारखी विचारविहीन थुप्रिएको भीड । स्वविज्ञापनको बिगबिगी निरन्तर अलपत्र सत्पात्रहरू रमाउँदै वाक्पटुहरू संस्था हुल्दै भुमरीमा । सताउँदै महामारी उपयोग गर्दै पदाधिकारीहरू व्यायाम शालाका गुटहरू खनपिनमा परिचालित संयन्त्र । पर्दाभित्रै दाउपेच नजर अन्दाज जनताका Read more
गाईमारी गधा पोस्ने हामीसँगै छन् नि ! खान लाग्या गाँस खोस्ने हामीसँगै छन् नि ! बाचुन्जेल पराई ठानी तिरष्कार गरे पनि मर्दा रुँदै आगो झोस्ने हामीसँगै छन् नि ! बलेको त्यो आगो माथि पानी खन्याएर निभेको अगुल्टो ठोस्ने हामीसँगै छन् नि ! कसरी ती निमुखाले न्याय पाउलान् हरे श्रम, सीप, Read more
आज एउटा समाचार पढेँ दु:ख लाग्यो गाउँ गाउँमा हाहाकार पढेँ दु:ख लाग्यो । शान्ति र शुसासन कहाँ छ ए सरकार ! बालिकालाई बलात्कार पढेँ दु:ख लाग्यो । छिमेकीले बारम्बार धावा बोल्दा हामिमाथि भयो उस्कै जय जयकार पढेँ दु:ख लाग्यो । असल हुनुको पुरस्कार मृत्यु रहेछ यस्तै अनेकौँ अत्याचार पढेँ दु:ख Read more
एउटै गाउँको एउटै सरकारी स्कुलमा एउटै कक्षाको एउटै सेक्सनमा एउटै लहरको एउटै बेन्चमा एउटै ऐच्छिक विषयका एउटै शिक्षकले सिकाएका, लेखाएका, घोकाएका एउटै प्रश्नका एउटै जवाफ घोकीघोकी उस्तैउस्तै अङ्क ल्याएर परीक्षा पास गर्ने तिम्रो र मेरो दुनियाँ बेग्लै बेग्लै छ अहिले । झोला भिरेनौँ हामीले स्कुल जाँदा बाक्ला पाठ्यपुस्तकका पातला गाताहरू Read more