मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्रका कागजहरु, दाल- चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठाहरु उसले टोकेको आवाज म रातभरि सुन्दछु र समात्न खोज्दछु उसको चिप्लो पुच्छर भागेर लुकिहाल्छ पुरानो आलमारीको पल्लो कुनामा । मलाई डर लाग्न थालेको छ इतिहासको त्यो सिंगो पातो Read more
कुर्सी- विषालु सापझैं उन्मत्त मातेर ठुङ्न अगाडि बढ्दछ स्याँ गर्दै सर्पको लखेटाइमा परेकाहरू जुत्ता चप्पल खोलेर कुदी सुरक्षित ठाउँ खोजी हिंस्रक सापलाई समातेर खोरमा थुनेर धेरै धेरै मानिसलाई विषालु ठुङ्गाइबाट सुरक्षित गर्नलाई जुक्ति र तानाबाना बुन्दैछन् । प्रकृति- हुँकार गरिरहेछ धनजनको वली दिइरहेछ कसैको अभिभावक थुतेको छ कसैका सिंदूर पुछेको Read more
नेपाल प्रज्ञा प्रतिष्ठानले हालै राष्ट्रिय कविता महोत्सब सम्पन्न गरेको छ । देश भरबाट प्राप्त ७६४ वटा कविताहरुलाई दुई चरणमा बिभाजन गरेर प्रतिस्पर्धा गराई नतिजा प्रकाशन गरियो । भोजपुरका कविता राईको “देशको नक्सा” ले प्रथम पुरस्कार जित्न सफल भयो । त्यसैगरी धादिङकी अमृता स्मृतिको “डढेलोपछि पनि वसन्त आउँछ” शीर्षकको कविता Read more
थप्पड सँगै लुकेको माया रहेछ आखिर अवतार "देवता"को "आमा" रहेछ आखिर । दौड्यो जसै खरायो, आफ्नै घमण्ड बोकी राखेर धैर्य जित्ने, कछुवा रहेछ आखिर । खेल्दै थिएँ रमाई आमाको काखमाथि झस्केर चाल पाएँ, सपना रहेछ आखिर। सिद्धान्त नीति दर्शन यी हुन् भर्याङ मात्रै गन्तव्य सब नेताको सत्ता रहेछ आखिर । पुतली समात्ने मान्छे छुन्नन् झुसिल किरालाई साँच्चै कुरूपता नै रक्षा रहेछ आखिर। (शुद्धोधन-३, रुपन्देही) Read more
गोयबल्सहरू उनीहरूलाई राजनीतिक विचारको कुनै मतलव हुँदैन मूल्य, मान्यता र आदर्श अर्थहीन हुन्छन् उनीहरूको आस्था, निष्ठा, विचार, नैतिकता जे भनेपनि भ्रम छर्नु हो झुठ प्रचार गर्नु हो बेइमानी गर्नु हो आफु अनुकूल प्रोपोगाण्डा रच्नु यौटा हातले फूल दिनु अर्काे हातले चक्कु धस्नु ! गोयबल्सहरू रङ्गीचङगी देखिन्छन् अनेक भेषमा देखिन्छन् जस्तोसुकै Read more
मलाई एक मुठी माटो भए पुग्छ मेरो देशको जहाँ परतन्त्रतामाथि धावा बोल्दै स्वतन्त्रताको एउटा बिज उम्रने एउटा युग जन्मियोस त्यही माटोले विभेद, अन्याय, अत्याचारका धाँजाहरु पुरिऊन् खुशी फुलाउदै सुख बिजारोपण गर्न सकूँ यही माटोमा दुश्मनको गोली परास्त गर्ने जङ्गे पिल्लरहरु उठाउन सकूँ मेची दुख्दा महाकालीमा एकताको फूल फूलाउन सकूँ परतन्त्रतालाई Read more
मबाट मेरो सबै खोसियो आमा बुबा खोसिए मेरो थर खोसियो मेरो गाउँ घर खोसियो मेरा सपनाहरु खोसिए रहर चाहना र इच्छा खोसिए मेरो नामको पछाडि थर अर्कैको थपियो ममाथि कसैको श्रीमती हो भन्ने ट्याग लाग्यो अब म कसैकी बुहारी बनेँ कसैकी भाउजु बनेँ कसैकी आन्टी बनेँ म म बन्ने प्रयास Read more
ए कोरोना ! तँकस्तो रोग आइस् ? हटियाबाट सर्दैनस् तरकारी पसलबाट सर्दैनस् किराना पसलबाट सर्दैनस् औषधी पसलबाट सर्दैनस् बैंकबाट सर्दैनस् सायद रक्सी पसलबाट पनि सर्दैनस् होला तर मोवाइल पसलबाट सर्छस् कपडा पसलबाट सर्छस् पुस्तक पसलबाट सर्छस् चिया पसलबाट सर्छस् स्कुलकलेजबाट सर्छस् सायद सामाजिक सञ्जालबाट पनि सर्छस् होला अनि तेरो सर्ने Read more
युगौंदेखी मनुष्यको रगत पिउने सत्ता आज पनि उसको तिर्खा उत्तिकै छ जबसम्म ऊ सुरक्षित छ सुरक्षित हुन्छ उसको स्वाभिमान जबसम्म उसलाई शान्ति छ तबसम्म शान्ति हुन्छ सिमामा पनि सिमाना र स्वाभिमान बदलिएका छैनन यिनीहरू त पहिले पनि त्यहीं थिए र आज पनि त्यहीं छन् शायद भोलि पनि त्यहीँ रहनेछन् सत्ताको Read more