आरनजस्तै जीवन बाँचेको एउटा मान्छे देश बनाउँन खलाँतीमा फुक्छ आफूजस्तै तातो आगो उसको मन पाकिरहन्छ सधैँ आफैँले पिट्दै गरेको रातो फलामझैँ । बिस्टका लुगा सिउने सियोले सिउन सक्दैन ऊ च्यातिएर धुजा धुजा भएको आफ्नै मन आफू नाङ्गै खुट्टा हिँड्न सक्ने उसले बनाउँछ आफैँलाई कुल्चनेका लागि बुट । आफ्नो छातीभित्र सिङ्गो Read more
देश बिरालोले भरिएको छ जङ्गलमा वनमारा बढेझैं नयाँ नयाँ बिरालाहरु नयाँ साइनो लिएर हल्ला गरिहेका छन् आवाजविहीन भएको छ देश जताततै कहिले गुर्रगर्र कहिले म्याउँम्याउँ गर्दै बिरालाहरु नयाँ साइनो जोड्न र पुरानो साइनो तोड्न कहिले ओल्लो दरबार र, कहिले पल्लो दरबार कुदिरहेका छन् । कोही एउटै जातका हामी भन्दै आफ्नो Read more
‘सुन न …….’ ‘भन्नु न……….’ ‘कति विदेश बस्नु………’ ‘मैले नजानु भनेकै हो……..’ ‘मान्नु भएन…..’ ‘आफ्नै रहरले कुत्याएर जानु भएको त हो नि ।‘ ‘के रे …..के भन्यौ ? ‘ ‘केही होइन ।‘ ‘भुरा के गर्दै छन् त ।‘ ‘भेट भयो कि लड्नु हुन्छ, बोल्नै मन लाग्दैन, आजभोलि त ।‘ Read more
मेरो तर्क, वितर्क र विचारहरुले आजकल आफै प्वाँख उमार्दैछन् र त म उज्यालोमा पनि बत्ती बाल्ने गर्दछु । अँध्यारोले मलाई उति खप्पिस पारेको छैन जतिको उज्यालोले पारेको छ । यी प्वाँखे विचारहरु कसरी छोटिएर चाउरिएर माराकमुरुक भएर सानो भएर आफूभित्र उकुसमुकुस हुँदै प्रवेश-द्वार खोज्दैछ यो सानो आकाशभित्र अटाई-नअटाई ? यसैले Read more
मलाई लाग्थ्यो हामी स्वतन्त्र देशका स्वतन्त्र नागरिक हौँ तर हामी त स्वतन्त्र देशको एउटा सानो बन्द कोठाभित्र कैद थिएछौँ पहिलैदेखि झुन्डाएको छ कोठाको दैलोमा हुकुमको ताल्चा र खरिद बिक्रीको नाम दिइएको छ हाम्रो जिन्दगीहरुलाई। ठुले तुम्बा तिमीले त अदुवाको भारी बोकेर बजारमा लगेर बेचिएको निहुँमा नै कति खेर पत्तै नपाई Read more
राजधानीमा छ हाम्रो यौटा घर वस्दथे एक डेरावाल घोषणापत्रमा गरिएको घोषणाजति भाडा तिर्न नसकेपछि डेरावाल भन्थे -तिर्छु रेल ल्याएर -तिर्छु पानि जहाज चलाएर -तिर्छु घरघरमा ग्यासपाइप बिक्ष्याएर । उनले गरेका यी वाचाहरू रहेछन् सवै हावा आखिर उनले नतिरी धरै थिएन घर भाडा । तिर्लानजस्तो नदेखेपछि बुझाइयो अल्टिमेटम तर ती भाडावाल Read more
अचेल पाप कराउँछ अपराध चिच्याउँछ खेतबारीबाट । स्खलित हुनैपर्ने बाध्यता बोक्छन् वीर्यहरू बित्थामा बलात्कारीको मखुण्डो ओढेर खेतबारीमा । अन्नबाली लहलह हुने हरियो खेतबारी रक्ताम्मे हुँदैछ सुन्दर रूप त्यसको बेरूप हुँदैछ । कोहोलो मच्चाउन खोज्दै छन् अकालमा थुनिएका सासहरू खेतबारीमा। चकचके राजनीति उफ्री उफ्री कराउँछ भत्किएका कलिला मांसपेशीहरू निर्दोष साबित हुन Read more
आइतेको बाबु गाउँकी एउटी केटी टिपेर भाग्यो । आइते र उसकी आमा मात्र घरमा थिए । गाउँमा आय आर्जन गरी मुखमाड लाउन सकस भएपछि आइतेकी आमा आफ्नो झुप्रोमा ताला झुण्ड्याएर बालक छोरो लिई नुवाकोटको खरानीटारबाट काठमाडौं झरेकी थिई । टोखा नगरपालिकाभित्रको गाउँ झोरको एउटा कुनामा एउटा घरको आडमा एकपाखे Read more