निरन्तर चलिरहने समयको खुट्टाजस्तो कलकल नदिसँगै पवनको झोकाजस्तो उदाउँदो रविकिरण संन्ध्याको क्षितिजजस्तो सधै उस्तै उही गति सत्ताशक्ति मोहजस्तो । दुःखलाई मजाक ठान्ने निर्दयीको छात्तीजस्तो खातका खात चाङ लागेका बलत्कृत लासजस्तो हरेक समय सरिरहने सिमानाको खम्बाजस्तो उस्तै दिन उस्तै रात गरिब दुःखी जीवन जस्तो । आन्दोलनमा बगिरहने सहिदको रगतजस्तो आँसु पिएर Read more
मलाई मन पर्दैन त्यो हाँसो जुन हासोले अरुलाई गिज्याँओस् आफू माथि परी अरुलाई तल झारी मन दुख्नेगरी हृदय बिझ्नेगरी अहंले भरिएको हाँसो साँच्चै मलाई मन पर्दैन । हाँसो त फूलजस्तै हुनुपर्छ जूनजस्तै हुनुपर्छ प्रभातमा हरियो दुबोमाथि टल्किएका शीतजस्तै सूर्योदयसँगै देखिएका हिमालजस्तै कलकल बगेकी नदीजस्तै बताससँगै रमाएका बनस्पतीजस्तै हो, हाँसो यस्तै Read more
ती रनभुल्लमा परेका आवाजहरु ती सम्प्रेषण गर्न नसकेका पीडाहरु अबोध मानव, अनौठो रोगब्याधी अब्यक्त उच्चारणहरु निस्सासिंदै । धर्ती सहँदैछे बर्षिएका लात र चोटहरु प्रकृति छातीमा हात राखी निःशब्द निस्पन्द टुलुटुलु हेर्नुसिवाय धैर्यधारणमा मौन आतङ्क सहँदैछे । रंगहरुको खोजीमा तल्लिन ती मानवहरु विवशताको हुरीले हुईंक्याइएझैँ हुत्तिएर भेन्टिलेटरको सहारा चुम्न बाध्य खुलेआम Read more
हजुर ! म एउटा मजदुर हरेक दिन धर्तिमा उज्यालो खस्नु अघि सुरु हुन्छ मेरो अविराम जिन्दगीको भागदौड । अनि पग्लिन्छन मेरो अङ्ग प्रत्यङ्गहरु र बग्छ आफ्नै शरीरबाट नदी घोटिन्छ्न मेरा हात पाखुराहरु जाँतो घोटिएझैँ चोइटिन्छन मेरा अस्थिपन्जरहरु सिसा टुक्रिएझैँ कमजोर हुन्छ मेरो जीर्ण शरीर धमिराले मक्काएको बूढो रुखझैँ । तथापि, Read more
मैले बायोडाटा बनाएपछि हो मेरो परिचय गुमाएको म बायोडाटा बनाइपछि गुमाएको परिचय खोज्न कहाँ जाऊँ ? तेह्र वर्ष स्कुल दुई वर्ष दश जोड दुई चार वर्ष बी.ई. उन्नाइस वर्षको औपचारिक शिक्षा पूरा गरेकी मलाई माँले बायोडाटा बनाउन काकीको मद्दत लिन अह्राउनुभयो मैले आफ्नो ज्ञान र त्यसमाथिको दाबी नछोडेपछि माँले मायालु Read more
वर्तमान समयको आलु घडीमा यतिबेला ठ्याक्कै १२ बजेर २७ मिनेट गएको छ सधैं अरु कसैलाई १२ बजाइदिउला भनेर धम्क्याउदै हिंड्ने कुनै दम नभएर पनि फेरि हरदम नामधारी हरदम नेपालीको फुस्किएको छ दम सधैंसधैंका लागि ... ! प्रत्येक मान्छे एउटै टाउकोले उभिएर दुवै खुट्टामा लगाएर हिंडेको छ भादगाउँले ढाका टोपी एउटै Read more
मैले छाडिसकेँ पछ्याउन आमाको धोतीको फेरो समाएर पछि लाग्न बाबाको औँला समाएर एक खुट्टा उचालेर बजार जान् । मैले छाडिसके साथीहरूसँग गुच्चा खेल्न अनि लुकामारी खेल्न मैले छाडिसकेँ गोठालो जान /बिद्यालय जान कट्टु लाउन,/झोला बोक्न । धेरै चिज छाडेको छु जस्तो कि दूध चुस्न सिँगान पुछ्न रूदै सताउन झलुङ्गोमा सुत्न Read more
तिम्रा बेबुनियाद कुण्ठाका बिच असल मान्छेको सही प्रयत्नको धरातलमा तिमीले गाँइगुँइ गरिरहँदा तिमी स्वयं स्रेस्ताको अडिटर भएर हेर अरबौँको बेरुजु छर्लङ्ग देखिनेछ । मनको गोश्वारा बुझाउन मन्दिर त जान्छौ पाप कटाउन बोका, हाँसको बली दिन्छौ सबैको चित्त बुझाउन रिझाउने चिल्लो घस्छौ एकैछिन स्वयं को आत्मालाई मजाक गरेर त सोध अर्काको Read more
बगिरहेको नदीलाई नजिकै गएर सोधेँ मेरो प्रश्न सुनेर टक्क रोकिंदै एकनासले मलाई हेर्न थाल्यो । एकतमासले बगेको बतासलाई सोधेँ अट्टहासका साथ मेरो वरिपरि घुम्न थाल्यो र टक्क रोकिएर घोप्टो पर्यो । संसारको गन्तव्य सेतो पहाडलाई सोधेँ अकस्मात ज्वालामुखी विस्फोट भयो र चट्टान पग्लेर बग्न थाल्यो नदीजस्तै बादलसंग लुकामारी खेल्दै गरेको Read more
आमा ! आमा !! भन्दै दौडिँदै आयो ऊ छपक्क मेरो छातीमा आफूलाई टसायो भावविभोर भएँ म, मेरा आँखा रसाए अनि सदाझैँ मेरा मायाका छापहरू उसको मुहारभरि बरसाएँ । पाखुरी साना उसका समाई नियाली हेरेँ उसलाई रमाई अचम्म ! यो के अचम्म !! आज अर्कै देखेँ उसलाई । त्यो सुलुत्त परेको Read more