तिमीहरू भएर त यो सहर सहर भएको हो लाखौँको रहर भएको हो जब जब विपतको सङ्केतमा बोक्छौ कुम्लो कुटुरो र छाड्छौ तिमीहरूले सहर रहँदैन सहर सहर जस्तो कुद्दैनन् सहरका रहरहरू प्रतियोगिताका धावकझैँ जबसम्म प्रवेश गर्दैनौ तिमीहरू यो सहरमा रोकिन्छ बेटरी सकिएको अलार्म जसरी वा भनौँ जलकुम्भी झार हो सहरका रहरहरू Read more
डराउँछ सरकार हिजोआज खुब डराउँछ कर्णालीभन्दा लामो भोकको जुलुस नागढुङ्गा हुँदै काठमाडौं झरिरहेको देखेर । तर्सन्छ सरकार अचेल खुब तर्सन्छ कोसीभन्दा फराकिलो अभावको बाढी नगरकोटबाट राजधानी पसिरहेको देखेर । कहालिन्छ सरकार हर प्रहर खुव कहालिन्छ सगरमाथाभन्दा अग्लो गरिबीको पहाड जब खसिरहेको देख्छ गुर्जे भञ्ज्याङबाट बालुवाटारतिर । आत्तिन्छ सरकार पलपलमा खुब Read more
हे रवि ! तिमी, माथि आकाशमा छौम तल पृथ्वीमातिमी जे देख्छौ म देख्दिनँम जे देख्छु तिमी देख्दैनौ देख्नुपर्छ तिमीले जे म देख्छुदेख्नुपर्छ मैले पनि जे तिमी देख्छौ । रवि !तिम्रो उषाकालीन लालिमामय किरणमाअन्ध आँखाबन्द विवेक भएका जनमनहरूजहाँ अन्धविश्वासका अँधेरा आँखा छन्विवेकहीनताका डरलाग्दा खाल्डा छन्विषम र विभेदका कहालीलाग्दा लक्ष्मण रेखाहरू Read more
हान्योसारै हान्यो । उठ्नै नसक्ने गरीकहिले पुर्वबाट सुनामी बनेरकहिले पश्चिमी चक्क्रबात बनेरबेला बेलामा बजाएकै छकर्कस लाग्ने धुनहरू । यता नचाउँछ, उता नचाउँछनाच्दा नाच्दैउठ्नै नसक्नेगरीलमतन्न् पल्टिएको छतैपनिभयङ्कर मेघको गर्जनबाटथिचिएको फर्सीको मुन्टाजस्तैसमाउने डाली खोज्दैटाउको उठाउनभयानक तुफानलेबाङ्गिएका मकैका बोटजस्तोआधा शरीर लिएरपीडा खेप्न बाध्य छ आजको मान्छे । आँसु !आँसुको कुनै मूल्य Read more
त्यो रहरसँगत्यो चाहनासँगत्यो लक्ष्यसँगत्यो भ्रुण रगतको डल्लो बन्दैपेटभित्र छटपटाउँदाहोस् या तबुर्कुसी मार्दा होस्आफ्नो जीवन च्याखे दाउ थापेरप्रसव पीडामा छटपटाउँदाहोस् या तमृत्युसँग पौठेजोरी खेल्दैसन्तान धर्तीमा पाइला टेकाउँदा होस्ऐया भन्न समेत कन्ज्युस्याइ गर्ने आमाआफू मरेर अरुलाई बचाउनेआफू जलेर अरुलाई तताउनेसृष्टि आमाबाट नै हुन्छआमा भन्नु नै ब्रमाण्ड होइश्वर भन्नु नै आमा Read more
निरुद्देश्य मेरा पाइलाहरू च्लिरहेछन्आफ्नै तालमा यो कठ्याङग्रिएकोठिराउँदो जाडो मौसममा पनिपट्…पट्..पटाक…पटाक…चप्पल पडकाउँदैहिँडिरहेछन् पाइलाहरू । तर मन अतीतलाईसम्झिरहेछअन्तर मनको कुना कुनामाघाउ बनेर बसेकाथुप्रै कहरहरू व्यथाहरुलेतर्साइरहेछन् मलाई । मेरो पाइलाको आवाजकोअगाडि पछाडिहिँडिरहेछन् सँगसँगै थुप्रै नकावपोशहरूम माथि कत्ति पनि दया नगरीनिमोठ्न खोज्छन् मलाईअनि मेरा सपनाहरुलाई पनि । साँच्चै म त, समयको वेग सँगसँगैकावा खाँदै Read more
जुन, तिमी आउने समय प्रिय छ मलाई । तिमी त्यहाँ छौ एकटक हेर्छु म समुद्रका छालझैँ ज्वारभाटाझैं तरंगित हुन्छन् कुराहरू जसको अन्त्य हुन्न तर जो भन्न पनि सकिन्न । जति जति तिमीलाई निहारेँ त्यति नै शान्त बनेँ म तिमी र म एउटा माया-कथा एउटा शान्त तर गहिरो लगाव तिम्रो पक्ष Read more