अनौठो आवाज आइरहेछ- ग्यासच्याम्बरमा यहुदीहरू चिच्याइरहेजस्तो पोर्नहाउसमा पोर्नस्टारहरूले खित्का छोडेजस्तो चन्द्र समसेरको कोठीमा धाईआमाहरूको खासखुस जस्तो पागलखानामा एउटा तानाशाह कराइरहेजस्तो । यो बन्दरगाहमा- के व्यापार चली रहेछ ? कसले छर्दैछ अफिमको गन्ध ? कि कोही नयाँ कोलम्वसले कोही सम्राटलाई उपहार थमाउन कसले दासहरू जहाजमा खाँदिरहेछ ? कि कोही उत्तरआधुनिक महाकवि Read more
(१) झगडा छ मौरीमा कुरा के गर्नु रानोको झ्याल ढोका लाग्दैन कुरा के गर्नु छानोको भएको छ आलोचना बजार तात्नेगरी मुरी गफ चलेको बेला कुरा के गर्नु मानोको ।। (२) गरिबको गाँसमा नुन हराएको छ नेताज्यूमा जनताको गुन हराएको छ भष्टहरूको चंगुलमा फसेपछि देश साँचो आवाजको धुन हराएको छ Read more
के शासकहरू पनि कविता लेख्छन् ? हो शासकहरू पनि कविता लेख्छन् तर तिनीहरू कवितामा कविता लेख्दैनन् तिनीहरू कवितामा लाजभाँड लेख्छन् । के शासकहरू पनि कविता मन पराउँछन ? हो शासकहरू पनि कविता मन पराउँछन् तर तिनीहरू कविताजस्तो कविता मन पराउँदैनन् बरु , निलो फिल्मजस्तो कविता मन पराउँछन् जहाँ कविता हुँदैन Read more
थुन्सेभरि सपनाको भारी बोकेर साकेला थानमा पाती चढाउँदै देउराली काटिजाने ओ सिरानघरे साइली हामीलाई माफ गर यो गाउँले तिमीलाई एक चिम्टी सिन्दुर पनि दिन सकेन । म सम्झन्छु नाकमा ढिके फुली टल्काएर गलामा मट्टीमाला झल्काएर कानमा बजारे यार्लिङ झुण्डाएर चौबन्दीको तुना आधा खोलेर जब बस्थ्यौ समुस्कान सुकुवाको डिलमा गाउँ नै Read more
भूपिले भनेको यो चार भञ्ज्याङ खाल्डोको चिसो एस्ट्रेमा आइपुगेको छु म– हजुरको चप्पल । नयाँ जुता लाएर हजुर सहर पस्दा गाउँको कुनै झुपडी आँगन कुनामा छाड्नु भएथ्यो मलाई, हो, त्यही चप्पल हुँ म आज हजुरको खोजीमा सहर पसेको छु । बैँशका सारा जोशभरि हजुरको नरम पाइतलाको सुरक्षामा खर्चेको छु मैले Read more
मैले दुर्ईचार जना फटाहाहरूलाई चोर्न सिकाएँ चोरहरूलाई देश लुट्न सिकाएँ भ्रस्टहरूलाई आयोगमा पुर्याएँ गुण्डाहरूलाई सेना बनाएँ नेताहरूलाई व्यापारी बनाएँ र व्यापारीहरूलाई नेता बनाएँ भन्दैमा मलाई गुरु भन्ने? ओ महाशय ! मुख सम्हालेर बोल के भनेको रे? फेरी भन त ? जिब्रो थुतिदिऊँ ? मलाई गुरु भन्ने? कसरी गुरु भएँ हँ Read more
ऊ भत्किरहेको घर हो के छ पालै पालो भल्काऊ के जान्छ तिमीहरुको सके आफू नै भत्काऊ नसके छरछिमेकी र आफन्त लगाएर भए पनि भत्काउन लगाऊ । ऊ भत्किरहेको घरलाई मज्जाले भत्काऊ कोहीले ऊ पागलको घर ऊ माडसापको Read more
जब म कुचो लिएर आँगन बडार्न निस्केँ आज तिमी धेरै याद आयौ बाबु ! आँगनभरि छिरलिएका बाल्यकालका तिम्रा यादको चपेरै चपेरा बटुलेर काखमा राखेँ छामेँ, सुम्सुम्याएँ र आँखा नथाक्दासम्म हेरिरहेँ । छन त तिमी आँखाकै नानीमा छौ मेरो हर चेतनामा छौ तथापि, जतिजति तिमी याद आउँछौ तिम्रै सम्झनाका टुक्रा बटुल्दै Read more
घनघोर पानी परिरहेको छ कहिले सम्म पर्छ कहिले थामिन्छ थाहा छैन कहाँ बाढी आउँछ कहाँ पहिरो जान्छ थाहा छैन कुन बाटो भत्काउँछ, कुन पुल बगाउँछ पनि थाहा छैन बाछिटामा को को भिज्छ थाहा छैन कोको टिक्छ पनि थाहा छैन । कसको घर ढलाउँछ कसको मोटर बगाउँछ कुन पहाडलाई मैदान बनाउँछ Read more
(१) प्रिय तिमीलाई खोज्न म रातहरुको घुम्तीमा भड्किरहेछु मोडिरहदो रहेछ जिन्दगी पाइलाहरुसँग अँध्यारोहरुसँग अनिद्राहरुसँग मैले उज्यालो नभेट्दै सडक सिद्दिदो रहेछ आकाश फाटदो रहेछ र म कता कता हराउँदो रहेछु कतै देखेकी छ्यौ मलाई ? (२) गन्तब्य दुर क्षितिजमा थियो बादल उघारेर द्रुत गतिमा Read more