सुपर मार्केटबाट तरकारी किनेर फर्कंदै थिएँ । ऊसँग बाटैमा जम्काभेट भयो । हाम्रो घरतिर तरकारीको ठेला चोकचोकमा दौडाउँथ्यो ऊ । साह्रै रसिक। अन्तभन्दा एक दुई रुप्याँ घटाइदिने अनि धनियाँ र अलिकती खुर्सानी थपिदिने । उसको उदारपनाभित्रको व्यापारीपनाले मेरो टोलका महिलाहरु उसैससँग तरकारी किन्थे । “कता हरायौ के आजकल Read more
साँझ परेको छ । टुकी सल्केकाले मधुरो प्रकाश फैलिएको देखिन्छ । ससाना भन्टाङभुन्टुङ केटाकेटी अँगेनाको वरिपरि छन् । कसौंडीमा आटो पाके पनि अगेनामाथि कराइमा केही उम्लिदै छ । आज पनि आशाले आफ्ना यी केटाकेटीलाई उही गुन्द्रुक र आटो पस्की । फु फु फुक्दै केटाकेटी आटो खानमा तल्लिन बने । Read more
घरको बरण्डाबाट छोरी कता निस्किबक्सेको भनेर भिमशमशेर आफ्नो छोरीलाई प्रश्न गर्दै थिए। हरेक बिहान चादनी मन्दिर जाने गर्थिन्। मुखिया परिवारमा हुर्केर पनि सरल स्वभाव थियो उनमा। त्यस्तैले साथीहरु चाँदनीलाई “मनमाया” भनेर जिस्क्याउथे । धन र मन दुवै भएकी चाँदनी साथीहरू माझ जिम्मेवार अभिभावकको पर्याय बनेकी थिइन् । आखिर परिवारले Read more
सरकारी अड्डाका इन्जिनियर डण्डप्रसादलाई जिल्लाभरिका सबैले चिन्थे । उनले जिल्लाभित्रका सबै निर्माणाधीन संरचना भवन, पुल, आदिको अनुगमन र नक्सा पास गर्ने कार्यको जिम्मेवारी पाएका थिए । जिल्लाको तथ्यांकले पनि डण्डप्रसाद इन्जिनियर आइसकेपछि एक वर्षभित्र सबैभन्दा बढी भवन, पुल निर्माण सम्पन्न भएको देखायो । त्यसैले उनी जिल्लामै उत्कृष्ट इन्जिनियर कहलिएका Read more
एकाबिहानै घर बाहिरबाट आएको हल्लखल्लाले भारतीको निद्रा खुल्यो । हत्तपत्त के रहेछ भनेर बरण्डाबाट बाहिर हेर्दा थाहा पाइन्। “सीता” हिजो साँझ मात्र भारतीसँग घरमा खानेकुरा छैन भनी पाँच हजार लिएर गएकी थिइन्। सिताले भारतीको घर र सोही टोलका केही घरमा सरसफाइको काम गर्दै आएकी थिइन्। देशव्यापि लकडाउ कारण केही दिनदेखि Read more
हाँगाहरु पर परसम्म फैलिएर लत्रिएको झ्याम्म परेको एउटा काँढे जङ्गली फूलको झाङमुनि हामी बस्थ्यौँ । चारैतिर फूलका हाँगाहरु फैलिएर ग्वाम्लाङ्ग बाक्लो खास्टो ओढेजस्तो थियो हाम्रो घर । फूलको त्यस झाङको अगाडि र पछाडिबाट बुट्यान पन्छायर हामीले ससाना द्वार निर्माण गरेका थियौँ । त्यहीँबाट हामी पस्ने र निस्कने गथ्र्यौं अर्थात् यसो Read more
समाजसेवी अमरराज एक दिन बिरामी परे । उपचार छिटोछरितो होला। चाँडै नै निको भइएला भनेर उनी बिस्तारै बिस्तारै हिँडेरै नजिकको प्राइभेट हस्पिटल पुगे । चेकजाँच भयो । उनलाई भर्णा गरेर बस्नुपर्छ भनियो । उनको रगत, दिशा, पिसाब, खकार सबै जाँच गरियो । एक्स रे, अल्ट्रासाउड, सि टि स्क्यान पनि गरियो Read more