नेत्रहीन यो सरकार अहँ! देख्दैन सडकको कथा कहिलै रोक्न सक्दैन चक्काजाम टायरको प्रथा। टल्कने जुत्ता देखाउँदै रातो कार्पेटमा सजिन्छन् तर बुझ्दैनन् डोको बोक्ने डोल्पा बासीको व्यथा। बुढेसकालमा मुजा परेका ती अनुहारले भनि रहन्छ भो अब नसोध सपनामा आएर कस्तो छ अवस्था। क ख सिक्ने समयमा हिँड्न Read more
भन्ठानेँ देश भन्नु मेरै बस्ती मास्तिर शिर ठाडो गरेर अबिछिन्न उभिएको त्यो सेतो हिमाल हो छातीभरि त्यहि हिमाल बोकेर स्वाभिमानको गहिरो स्वास फेरि बसेँ भन्ठानेँ देश भन्नु त्यहि हिमाल हुँदै कलकल बग्ने यो कन्चन नदी हो अन्जुलीभरि त्यहि नदीको पानी उठाएर ठाडो शिरमा सिञ्चिएपछि पवित्रताको स्वर्णिम अनुभूति गरिरहेँ फेरी Read more
‘भोकभोकै मर्न लागे कवि कलाकार तड्फाएर नमारिद्याै झुन्ड्याएर मार !’ जनकवि गोकुल जोशीका कविताका पङ्ति हुन् यी । आजभन्दा झन्डै साठी वर्ष पहिलेका उनका यी कविता पङ्तिले आज पनि उत्तिकै माने राख्छन् । स्वाभिमान र स्वत्वमा बाँच्ने कवि उहिले पनि तिरस्कृत थिए अहिले पनि तिरस्कृत छन् । सत्ताको विपक्षमा Read more
हेर, इतिहासले कसरी आफैलाई दोहोर्याउँछ । सीताले जङ्गलमा फेरि देखेकी छिन ‘स्वर्ण मृग’ रामले शिकार गर्न आदेश दिइसकेका छन लक्ष्मण निस्केका छन हतियार लिएर । फेरि काटिने छ नाक शूर्पनखाहरूको शम्बूकहरूको टाउको फेरि छिनालिने छ जङ्गलीहरू सवै मारिने छौं । यस पटक पूजिने छन लक्ष्मण, राष्ट्रभक्त सैनिकको रुपमा सीता, Read more
यो आँखा पनि अजीव छ यार ! कहिले पक्ष बन्छ र हेर्छ कहिले विपक्ष बन्छ र हेर्छ निस्पक्ष भएर हेर्न नजान्ने यो आँखा पनि अजिव छ यार ! एउटै घटना पात्र अनुसार भिन्न मत भिन्न बुझाइमा मतमतान्तर गर्दै बाद प्रतिवाद उत्रिन्छ यो आँखा पनि अजीव छ यार ! असन्तुलित भूमिका Read more
तिखो ढुङगाको ठुँगाइलाई चित्त बुझ्दो उत्तर भल्भल्ती बगेर रगतले दिन्छ नपुगे, आँखा थोरै बर्सिदिन्छ ढुङ्गो सन्तुस्टिमा चुप चाप हुन्छ म मौन बसिदिन मिल्छ। यो धेरै सजिलो छ । तिम्रो निमेष भरको साथसँग जोडिएका अगणित प्रश्नका अविरल छालहरुलाई सम्बोधन गर्ने मसँग न समय छ न यसले कुनै अर्थ राख्छ विद्वानहरुको भीडमा Read more
“होस्टेलको कोठा हो, यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटेपछि वार्डेन Read more
कति मानिसहरु खाली अनुहार लिएर हिँडिरहे कहीँ सुनसानमा कोही कतै कतै एक्लै एक्लै हिँडिरहे कहीँ थुप्रै थुप्रै मानिसहरुको जमात अनि त्यही भिडमा कोही ठूला मान्छेहरु हिँडीरहे कोही साना मान्छेहरु हिँडिरहे तर सबै खाली अनुहार लिएर । आखिर जिन्दगी हो भविष्यको अत्तोपत्तो नभएको त्यही पनि मानिस धेरै धेरै आशा बोकेर सोचेर Read more
देशको माटोमा वर्षमा एकचोटि पाइला टेके पनि पहिलोचोटि नेपाल फर्किंदा रिङ्गरोडलाई कुनै गल्लिजस्तो देखेपनि संसारको सबैभन्दा फराकिलो हाइवेमा सरर गाडी गुडाइरहँदा आफ्नो देशका हरेक सडक र गल्लीहरु पिच् भएको सपना देख्ने हो म जस्तो देशभक्त कोही छैन । करले होइन रहरले पनि होइन सबै साथीहरु विदेश गएके देख्दा केही सिक्न Read more
एउटा बन्द कोठामा उस्तै आँखा, नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डिरहेछ भित्तामा विचलित भएर एक्लै खै, कुन इतिहासको खण्डदेखि ! आज म त्यसैको अनुहार पढिरहेछु एउटा नमीठो व्यङ्ग्यजस्तै लेखिएको छ अनुहारमा “रुन्चे रुमाल” यी शब्दहरुले दैनिक गीज्याउँदैछ उसैको मालीकलाई जसले मिल्कायो प..र दोबाटोमा । यस्तै संझदै .. म कोठा फर्कन्छु त्यस साँझ आँधेरीले झन सताउँछ आँखा मिच्तै अर्को विहान फेरी त्यहाँ पुगेर हेर्छु रुमाल अझै झुण्डिरहेको छ... Read more