यस वर्षको”राजमित्र स्मृति प्रज्ञा पुरस्कार कथाकार हरि थापालाई प्रदान गरिने भएको छ ।
पुरस्कार समितिका संयोजक तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले शैवले सो जानाकारी दिएका हुन् ।
साहित्यकार सुशील नेपाल तथा सुमन नेपालद्वारा प्रातस्मरणीय माता-पिताको सम्झनामा स्थापित यस संस्थाले हालसम्म बोष्टनमा रहेर नेपाली साहित्य लेखनमा लागिपर्ने सात जना साहित्यकारलाई सम्मान गरिसकेको छ । सम्मानित हुने साहित्यकारहरूमा भारती गौतम , दिनेश राजभण्डारी , गोवर्द्धन पूजा, लालगोपाल सुवेदी, दीपा राई पुन र महेश्वर पन्त रहेका छन् ।
सानो विषयवस्तुलाई पनि मीठो कथामा उन्न सिपालु कथाकार हरि थापाका अक्षररेखा (कथा संग्रह २०५६),तिब्बती विम्बहरू (सयात्रासङ्ग्रह २०७०) , व्यथाहरूको कथा(कथा संग्रह २०७१) , परदेशको कथा (कथा संग्रह २०७५), परिमित( लघुकथा संग्रह २०७३) , मियो (ग़ज़ल संग्रह २०७४) लगायतका कृति प्रकाशित छन् । छालिंग भक्तपुरमा जन्मिएका हरि थापा लामो समयदेखि अमेरिकाको बोष्टनमा बस्दै आएका छन् ।
अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान अनेसास बिओटी उपाध्यक्ष साहित्यकार पुरु सुवेदीको प्रमुख आतिथ्यमा हुने विशेष साहित्यिक समारोहमा उक्त पुरस्कार प्रदान गरिने जानकारी सोही संस्थाका अध्यक्षले बताएका छन् । कलाकार रञ्जन बुढाथोकी र लोककवि अलिमियाँ वांगमय प्रतिष्ठानका अध्यक्ष हमिप मियाँलाई पनि सोही दिन विशेष अभिनन्दन गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रम यही सेप्टेम्बर १९ तारिख आइतवारका दिन राजमित्र प्रांगण माल्डेनमा हुँदैछ ।