“भोट क्यौन ? रुखौन । भोट क्यौन?आँसी हतौडाउन।” दलीय गठबन्धनपछिको चुनावमा यस्तै नाराबाजीले गुन्जायमान जुलुस गाउँ प्रवेश गर्दा माओवादीको भागमा परेको झन्झटपुर गाउँपालिकाको अध्यक्षको उम्मेदवार जयन्तलाई चुनाव जित्नेमा शङ्कै थिएन। गठबन्धन गरेकाले काँग्रेसजनको सबै भोट आउनेमा ऊ ढुक्क थियो। पार्टी प्रवेशको लहर,बढ्दो ध्रुवीकरण, गठबन्धनपछिको जनउत्साहलाई नजरअन्दाज गर्दै जयन्त बहुसङ्ख्यक काङ्ग्रेसी Read more
सुकिमाया दमिनीको झुप्रो सेठ सन्दुलालको महल नजिकै गाँसिएको छ । सन्दुलालले सुकिमायालाई दाउरेनीको उपमा पहि¥याएको छ । कारण ऊ प्रत्येक दिन दाउरा बेचेर गुजारा चलाउँछे । बजारमा उसका दाउरा नबाल्ने कुन होटलवाला होला र ? ग्याँसको चलन आउनु अघि उसका दाउरा किन्न मान्छेहरु हारालुछ गर्थे । Read more
वासन्ती वैशाख उत्साहित थियो । जहाँ कोइलीको आवाजसँगै चुनावी सारगर्मी बढेको देखिन्थ्यो । चमेरे प्रमुखसँग चमेराहरुको सभा चल्यो । चमेरे प्रमुखसँग एक हट्टाकट्ठा चमेराले भन्यो, “हामी जहाँ पनि झुन्डिन पाउनुपर्छ; चाहे त्यो समूहगत झन्डा होस् या राष्«ि«ट्रय ।” गुफा झकिझकाउ बनेको थियो । “बिजुलीको उज्यालोले असर ग¥यो” भन्दै चमेराको आन्देलन Read more
निमारुखर्क गाउँका मानिसहरु यसो फुर्सद मिल्यो कि मीत’बाको घरतिर लम्कन मन पराउँछन्। खास भन्न पर्दा हाम्रा मीत’बा अवकाश प्राप्त ब्रिटिश लाहुरे हुन्। जागिरे छँदै यिनले ठुलै खर्च गरेर आफ्ना चार छोराहरुलाइ काठमान्डूमा नाम-चलेको ‘बोर्डिङ्ग’ स्कुल पनि पढाएका रे। केटाहरुले पनि फटाफट पढाइ सिध्याएर आफ्नो बाटो विदेशतिर तताएको बर्षौं भइसक्यो। पोहोर Read more
सुनिताले घरमै मसाल जुलुल निकाली, आन्दोलन गरी र प्रकाशलाई झुक्न बाध्य पारी । तैपनि प्रकाश गलेन । “हाकिमकी श्रीमतीले लगाइन् भन्दैमा तिमीले पनि त्यस्तै हार लगाउँछु भन्न मिल्छ ? त्यत्रो लाख रुपियाँ कहाँबाट जुटाउनु मैले ?” प्रकाशले सम्झाउन खोज्यो । “जीवनमा मैले अरु के मागेकी छु र ?जावो एउटा Read more
‘यातायात कार्यालयका २५ जना बिचौलिया पक्राउपछि जेल चलान ।’ धेरै विक्ने भनेर स्वघोसित समाचारपत्रले कल्याणकारी बिज्ञापनको गुन तिर्दै मन्त्रीको घनघोर तारिफसहित लामै बिश्लेषणात्मक समाचार लेख्यो। ‘मातपोत कार्यालयका १५० जना बिचौलिया पक्राउ र मुद्दा दायर ।’ चर्चित टेलिभिजन च्यानलले आफ्ना मालिकलाई निशुल्क-सेयर मिलाइदिएको मन्त्रीको गुन संझेर देवत्वकरण गर्दै बिशेष कार्यक्रम बनाएर Read more
करिब तीन दशक अनवरत रूपमा शिक्षण पेसामा संलग्न शम्भु सर लामो समयदेखि आफू कार्यरत विद्यालयको प्रधानाध्यापक र सो क्षेत्रका गाउँलेका नजरमा आदरणीय तथा उदाहरणीय थिए। हरेक साँझ मदिरापान नगरी नहुने भएकाले लोकल रक्सी जर्किनमा ल्याएर घरमै राखेर साँझ परेपछि खाएर निदाउने उनको बानीले उनलाई विगत डेढ दशकदेखि पछ्याइरहेको थियो। शम्भु Read more
पैसा, बैंस र शक्तिको गलत उपभोगले आधुनिक मानव सभ्यता विकृत बन्दै छ। पुराना दर्शन र वाद मक्किदै छन्। यिनले अब संसारको भार थेग्न सक्दैनन्। जात र धर्मको झुल्स्याउने आगो भित्रभित्रै दनदनी बल्न छोडेको छैन।एउटा बेग्लै विश्वदर्शनको सुत्रपात गर्नुपर्यो। एकजना प्रख्यात दार्शनिक गम्भीर चिन्तन गर्नथाले। अर्कोतिर विनाशकारी तेस्रो विश्वयुद्ध हुने Read more
सकुन्तलाको बिहे गरेको चार, पाँच वर्ष भएको थियो । उनका हालसम्म सन्तान भएका थिएनन् । दुई वर्षसम्म त कसैले खासै चासो दिएनन् । तेस्रो वर्ष नबित्तै– “लाला, बाला खेलाउन दिन्नौ” भन्दै आफन्तले सोधिरहन्थे । Read more
चुनाव मुखैमा थियो लालपुरमा। लोकतन्त्रलाई नै द्रौपदी जस्तै चीरहरण गर्दैछन् लालपुरमा भन्ने खवर देवलोकमा पनि पुग्यो। देवलोकले बुद्धलाई लालपुरका ती दु: शासन जस्ता लठैतहरुलाई दण्डित गर्ने जिम्मा सुम्पे। बुद्धलाई ती लोकतन्त्रको नाम जपेर नथाक्ने पशुहरुलाई दण्डित कसरी गर्ने भन्ने समस्या भयो, किनकि बुद्द हिंसा गर्दैनथे। थुनछेक गर्नु, कुटपिट गर्नु Read more