थाहा छ ढुंगालाई, ढुंगाले पनि फुटाउन सक्छ सम्बन्ध घन जस्तै होस्, कस्ले टुटाउन सक्छ। आँखाभरिको आँसु, मलाई उपहारमा पठाउनु मुहारमा खुशी देख्नेले इज्यत, लुटाउन सक्छ। जसले जीवनमा सम्बन्धको पाठ, धेरै सिकाए ! उसैले फक्रेको प्रेमजोडीलाई, छुट्याउन सक्छ। जीवनको सबैभन्दा ठूलो उपहार, साथी सम्झे ! शत्रुले विश्वास गर्दैन, साथीलाई कुटाउन सक्छ। कठघरामा प्रेम सदैव रहस्यमय बनिरह्यो र बन्नेछ फैसला त्यही भो, जसले बहुमत जुटाउन सक्छ। (दमौली, तनहुँ)