सुकिमाया दमिनीको झुप्रो सेठ सन्दुलालको महल नजिकै गाँसिएको छ ।
सन्दुलालले सुकिमायालाई दाउरेनीको उपमा पहि¥याएको छ । कारण ऊ प्रत्येक दिन दाउरा बेचेर गुजारा चलाउँछे । बजारमा उसका दाउरा नबाल्ने कुन होटलवाला होला र ? ग्याँसको चलन आउनु अघि उसका दाउरा किन्न मान्छेहरु हारालुछ गर्थे ।
सुकिमायाको झुप्रोबाट निस्किको धुवाँले आफ्नो सफेद महलको पछिल्लो भाग कालो कालो बन्दै गएको कुराले कयौँचोटि सन्दुलाल क्रुद्ध भयो ।
दाउरा बाल्दै नबाल्, ग्याँस राख् । तेरो धुवाँले मेरो महल घुर्मैइलो बन्यो भनेर धेरै निर्देश थोरै सुझाव बर्सायो ।
सुकिमायाले आफू बिहान खायो, बेलुका के खाऊँ? बेलुका खायो, बिहान के खाऊँ ? को अवस्थामा रहेकीले ग्याँस खरिद गर्नै नसक्ने बताई ।
दाउरा बेची गुजाए गर्नेले कताबाट ग्याँस राख्नू, प्रतिवाद जनाई ।
सुकिमायाको झुप्रो सहितको सात धुर घरेडी किन्न नखोजेको पनि होइन । सुकिमायाले ज्यान जाला धनमाथिको रातो गेडी यो जग्गा बेच्तै बेच्तिन भनेर अडिग लिई ।
सुकिमायाको गोठै उठाइदिने सन्दुलालको इरादा पुरा हुन नसकेपछि उसको निम्ति दाउरेनी दमिनी कवाफमा हड्डी बनेकी छ । घरि न घरि दाउरा बाल्दै नबाल् मेरो महल कालो बनाइस् भनी हकारी राख्छ ।
++++++ ++++++
सीमानामा तेल ग्याँस तीन महिनादेखि रोकिएको छ । सर्वत्र बजारमा इन्धन अभाव छाएको छ । सन्दुलालले सन्चित राखेको ग्याँस सिलिण्डर सकिएको पनि तीन दिन भयो । सन्दुलाल मात्र होइन । बजारका ग्याँस बाल्नेहरु गुइँठा र दाउरा खोज्न थाले । आफ्नो घर छेउकै सुकिमायाको आँगनमा सखुवाका चिरुवा दाउराको हार देखेर सन्दुलालका आँखामा लोभ भरिएको छ ।
चुलो नबलेर दही च्यूरा खाएर तीन दिनबिताएपछि एकदिन सन्दुलाल सुकिमायाको झुप्रीमा छि¥यो ।
“सुकीमाया दिदी ! एक बिटो दाउरा मलाई पनि दिनुस् । भात खानै बन्द भयो ।” अनुनयविनयको भाषामा सन्दुलाल बोल्यो ।
“अनि बिल्डिङ कालो हुँदैन सेठजी दाउरा बालेर ?” सुकिमायाले व्यङ्ग्यको झटारो हानी ।
“होइन, होइन सुकि दिदी पुरानो बात बिर्सिदिई हाल्नुस् । मेरो भूल भयो । आखिर दिगो त दाउरै रहेछ नि ।” हिँहिँ हाँस्तै भुल स्वीकार ग¥यो ।
“बैगुनीलाई गुनले मार्नु भन्छन्, आ ऽऽ लगोस् एक बिटो दाउरा ।” कमलो मनकी सुकिमायाले मनमनै गुनिन् ।
आजदेखि सेठ सन्दुलालको चुलामा पनि दाउरा धुँवाउन थाल्यो ।
(उदयपुर)