कैयौँ सपना बोकेर, त्यसलाई पूरा गर्न स्कुल जाने मैले साँझ घर फर्किदा कोही पछि लागेको महसुर गरेँ जून अनुहार चिन्थिन पहिले । सधैँ घर फर्किदा हाँस्दै फर्कने मेरो मुहारमा केही दिनदेखि ग्रहण लगेको थियो, सधैं पछि लाग्ने त्यो अन्जान अनुहारले मेरो मनमा डर पालेको थियो । टाढै रहने चेतावनी दिएकी थिएँ जब त्यो अन्जान अनुहार नजिकिन खोज्दै थियो थाहा छैन किन मेरो यो चर्को आवाजले गर्दा रिसाएझैँ गरी ऊ केही सोच्दै थियो तर त्यस अन्जान अनुहारको व्यवहारले दिनरात मलाई घोच्दै थियो । सधैँझैँ घर फर्किदा ऊ त्यही गल्लीको गोरेटोमा बसेको थियो थाहा छैन किन ? अरु दिनभन्दा ऊ भिन्न तरिकाले सजेको थियो म आफ्नो बाटो जान खोज्दा ऊ मेरो नजिक आयो र प्रेम प्रस्ताव राख्यो उत्तरमा मेरो नाई सुन्दा, त्यस बदलामा म माथि तेजाब फ्याल्यो । महसुस भयो कि मेरो शरीरमा आगोका झिल्का खसेको थियो या कसैले मेरो शरीरमा आगो बालिदिएका थिए, म रोएँ कराएँ तर सबै जना बिच बाटोमा म तढ्पेको हेरिरहेका थिए, अचानक मेरो आँखा हस्पतालको त्यो सैयामा खुल्यो त्यो तेजाबले त्यति पोलेन जति आमाबुबाको आँशुले पोल्यो । सबैजना मतिर आउँदै भन्दै थिए कि पिर नगर तिमीलाई समाजले अपनाउने छ तर कसैले एक पटक पनि भनेनन् कि त्यो अपराधीले सजाय पाउने छ । सुनेकी थिएँ कि अपराधी कुल घरानको छोरा थियो उसलाई कुनै पैसावालाले बचाउने छ । मेरो साथमा कोही आए आएनन् तर म लडेँ आफ्नो हकका निम्ति सायद उसलाई थाहा थिएन मलाई मेरो मुहारभन्दा सपना थियो किमती उसले फ्याकेको त्यो तेजाबले मेरो मुहारमा परिवर्तन आएको थियो मैले बोकेको सपनामा होइन, मेरो मुहार जलेको हो मेरो सपना अझै जलेको छैन मेरो सपना अझै जलेको छैन ।। (कक्षा १०, हिमरश्मि हाइस्कुल, तारकेश्वर, काठमाण्डौं)