वासन्ती वैशाख उत्साहित थियो । जहाँ कोइलीको आवाजसँगै चुनावी सारगर्मी बढेको देखिन्थ्यो । चमेरे प्रमुखसँग चमेराहरुको सभा चल्यो । चमेरे प्रमुखसँग एक हट्टाकट्ठा चमेराले भन्यो, “हामी जहाँ पनि झुन्डिन पाउनुपर्छ; चाहे त्यो समूहगत झन्डा होस् या राष्«ि«ट्रय ।”
गुफा झकिझकाउ बनेको थियो । “बिजुलीको उज्यालोले असर ग¥यो” भन्दै चमेराको आन्देलन चलेको थियो ।
“अधिकार लुटियो” भनेर चमेरे समूह नाराजुलुसमा उत्रियो । वसन्तमा रमाएका कोइली वनकुञ्ज चहार्दै थिए तर चमेरे कोलाहलले उनीहरूको होसहवास उड्न थाल्यो ।
वृक्षका मुना टिप्दै आनन्दले रमाएका ती कोइलीलाई चमेरे प्रमुखले चारोको प्रलोभन देखाएर भाषण गर्न लगायो । चिल्ला, रसिला, मिठा, कसिला अनि दरिला वचनले ती स्वैच्छिक विचरण गर्ने धर्र्तीका प्रमुख जीवलाई उथलपुथल बनायो ।
सिन्को नभाच्ने तर झुन्डिन साह्रै सिपालु चमेराले एक शक्तिशाली जीवसँग मित लगाउन खोज्यो ।
“खोइ ! कोसँग मित लगाउनू ? जुका, जुम्रो, छेपारो !” चमेरे प्रमुख उत्साहित बन्यो ।
“जसले बेसारे कुरा जानेको छ त्यहीसँग मित्रता गाँस्दा उत्तम होला” छेपारोको बोली फुट्यो ।
“हैैन, त्यसो गर्नु हुँदैन, बेसारे प्रवृत्तिभन्दा स्वरूप बदल्न सक्ने जीवसँग पो चकाचक हुन सकिन्छ ?” चारोको आशमा कोइली मुस्कुरायो ।
“ल भन त कोइली, अब म कोसँग मित लगाऊँ ?”
विचार मन्थन हुँदाहुँदै चमेरे प्रमुखको वाणी फुट्यो, “अदलबदल गर्न सक्ने, मौसमअनुसार चल्न सक्ने छेपारे प्रवृत्ति नै मन परेकाले केही सेकेन्ड, मिनेट, दिन, महिना वा वर्षलाई यो नयाँ वर्षको सुरुमै छेपारोसँग मित लगाउने र आफ्ना सम्पूर्ण भूभागमा गई कब्जा गर्ने निर्णय गरियो ।”
कस्तो अचम्म, यो भालुको कन्पारो । अन्ततः वसन्तमा रमाउने चारे प्रवृत्तिले आसेपासेको बिल्लिबाठ पो देखियो ।
(मदाने ३, सिर्सेनी, गुल्मी)