मजाको छ किन । किन मानिसले प्रगति गर्छ ? किन उँभो लाग्छ ? किन उँधो लाग्छ ? किन सफल हुन्छ ? किन असफल हुन्छ ? किन मालिक हुन्छ ? किन दास हुन्छ ? लाग्छ यी किनहरुको उत्तर किनमै छ ।
ह्वाइ ९धजथ० ? किन हामी यहि सानो टापुमामात्र बसिरहने ? किन हामी गरिबीमा मात्र सहिरहने । सुनेको छु इन्डियामा सुन, चादी, हिरा, मोतीको भण्डार छ । धनको बहार छ । संस्कृतिको पहाड छ । साँचै छ ? बस् यही किनको उत्तर पत्ता लगाउन कोलम्बस आफ्नो पानीजहाज लिएर समुद्रमा तैरिएका थिए । उनको मनमा जिज्ञासा थियो । गर्ने आँट थियो । जाँगर थियो । अनि सबभन्दा महत्वपुर्ण त उनमा प्रश्न थियो । किन ?
५०० एडि बाट १५०० एडिको सहस्राब्दी गरिबी, अशिक्षा, अन्धविश्वास रोग, भोकमा ग्रसित जीवन बिताएर आजित भएको युरोपले आत्मज्ञान पाएको थियो । तर जब उनीहरु प्रस्न गर्न लागे, आफैले आफुबाट उत्तर खोज्न लागे प्रगतिको खुड्किलो चढ्न लागे ।
यो शरीर के पवित्र छ ? के शरीरलाई चिरेर हेर्न नहुने हो ? किन शरीरमा रोग छ ? भोक छ ? किन आँखाले हेर्छ ? नाकले सुँध्छ ? यिनै किनको प्रस्नले के भन्ने प्रस्न पनि लिएर आयो । के छ त शरीरमा जसका कारण रोग लाग्छ । तब युरोपमा प्रश्न गर्ने मस्तिस्कहरु बढ्न लागे । मानिसले ति विश्वासहरुमाथि प्रस्न गर्न लागे । जब विश्वासले उत्तर दिन सक्दैन तब विश्वासमा खोट आफै आउछ । युरोपले ती विश्वासहरुलाइ अन्धविश्वासमा परिणत गराइदियो । के छ त शरीरमा ? किन मानिसले सास फेर्छ ? उनीहरुले शरीर चिरेर हेर्न लागे । रोगले शरीरमा गरेका असरहरु पत्ता लगाउन लागे । साना साना जिवाणुहरु पत्ता लगाउन लागे । अलेक्जेण्डर फेलेमिङ जन्मे । उनले बनाएको रद्धि पदार्थ उनलाइ मन परेन उनले बनाइरहेको कोठाको झ्यालबाट मिल्काइदिए । तर हाम्रो भाग्य । उनले त्यो पदार्थ राम्रोसङ्ग हुत्याउन सकेनन् । त्यो पदार्थ झ्यालको भित्तामा पर्न गयो । अर्को दिन आउँदा कैयौ दिनदेखि देखिएको झ्यालको ढुसी जस्तो तह हराएर गएको थियो । किन हरायो त फोहोर ? के थियो त्यो पदार्थमा ? के थियो त्यो ढूसीमा ? किन भन्ने प्रस्नले के भन्ने प्रस्नको उत्तर पत्ता लगायो ? उनले पेनिसिलिन पत्ता लगाए । युगको परिवर्तन पत्ता लगाए । मेडिकल विज्ञानमा युगान्तकारी खोज पत्ता लगाए । यो यान्टीबायोटिकले ब्याक्टेरीया मार्ने थाहा पाएपछि अन्य यान्टीबायोटिकहरु धमाभम बन्न लागे । ब्याक्टेरीयाले करौडौ मानिसको ज्यान लिइरहेको थियो । टि भी, न्यूमोनिया, टाइफाइड गराउने ब्याक्टेरीयाका दुःखका दिन आउदै थिए ।
मानिसको समाजिक, आर्थिक, राजनीति, पेशा, वर्ग, देश, समाज, समुदायको वृद्धिको कारण हो प्रस्न किन । आदि कालदेखि जसले किन भन्ने प्रस्नको खोजी गरेको छ प्रगतिको शिखर चडेको छ । हाम्रै पुर्खाहरुपनि किन भन्ने प्रस्न गर्न माहिर थिए । प्रस्नहरुले ऋषीहरु जन्माएका थिए । उनीहरु उहिलेका बैज्ञानीकहरु थिए । बि पी कोइरालाले भनेको जस्तै हामी नेपाली मात्र नभएर यो क्षेत्रका मानिसहरुले प्रस्न गर्ने बानी बिर्सिसकेका छौँ, छन् । सायद अझै समय लाग्छ बानी बसाल्न । हामी त आफूले पाएको बिरासत पाएर अल्छी भएका छौँ । हाम्रो माटो उर्वर छ । खाएर फालेको मलबाट खुर्सानी उम्रन्छ । बैलौतीको रुख उम्रन्छ । जंगलमा कन्दमुल, भ्याकुरहरु यसै उम्रिएका छन् । हाम्रो माटोले आफै उर्वर भएर केही प्रयास नगरी बोटबिरुवा दिन्छ । माटोले विरासत दिएको छ त के दुःख गर्नु ? दुःख नगरी कसरी परिवर्तन हुन्छ ? प्रगति गर्न त यस्तो गहिराइमा पुग्नपर्ने रहेछ जहाँबाट चाल्न सकिने जुससुकै पाहिला उकालो लागोस् । त्यो अबसर भनौँ या दुःख हामीले पाएनौँ । गहिराइमा पुगेको दुःख भोगेर, कोरिया, चीन, सोमालिया प्रगतिको बाटो चढ्दैछन् । सायद संकटले प्रस्न गर्न पनि सिकाउँछ । किन ?
कुन समय कसले प्रगति गर्छ । भन्न सकिदैन । आदि कालमा हाम्रै पूर्वीय सभ्यताले धाक जमाएको जस्तै आज बिसाँै एकाइसौ, शताब्दीमा पश्चिमाहरु प्रगतिका अनुहार बनेका छन् । के थाहा भोलि यसियामा ति अनुहारहरु देखिनेछ । तर जसले किन भन्ने प्रस्नको बढी उत्तर दिइरहन सक्छ ऊ शक्तिशाली रहिरहने छ ।
किन मलाइ उसले यो कुरा भन्यो ? यसको अर्थ के हो ? किन म सफल भइरहेको छैन ? किन म पछाडि छु ? किन गरिब छु ? किन म खुसी हुन सकिरहेको छैन ? अनि के हो त समाधान ? मलाइ नतिजा चाहिदैन केबल दुःखमा, संघर्षमा लड्ने सामथ्र्य देऊ । त्यसकारण म नतिजा मागिरहेको छैन । नतिजा प्रगतिको द्योतक होइन । युरोपभरिका पहाडहरु फोरेर समथर जमिनलाइ उकास्न चाहे पनि दुइ इञ्चभन्दा बढी जमिन बढाउन सक्दैन । हामीले सोच्न सकिन्छ हरेक नागरिकहरुलाइ पैसा दिएर धनी बनाउन सकिन्छ । त्यसको उदाहरण र नतिजा हामीले देखेकै छौँ । सोभियत संघको पतनपछि बोरिस यल्सिनले हरेक नागरिकहरुलाइ १०००० रुबेलको चेक दिएका थिए । उनको उदेश्य उद्योगिक निजीकरण थियो । तर यसको परिणाम सबैका लागि बराबर आएन । अन्तमा कोही धनी बने, निकै धनी । गरिब रहिरहनेहरुले सस्तोमा आफ्नो चेक बेचेका थिए । कसैले त एक बोतल भोड्कामा चेकको मोलमोलाइ गरेका थिए । अमेरिकामा करौडौको लटरी जित्ने एक भिकारी केहि बर्षपछि पुन भिकारी भएको थियो । के परिणामले वास्तविक सुख दियो त ?
भुराजनीतिक बनावट, आग्रह पुर्वाग्रह, पश्चिमाबिरुद्धको सङ्घर्ष, आजको विश्वको सिमाङ्कन पनि किनको प्रश्नको उत्तर पत्ता लागाएर भएको हो । नजानेको मान्छेले जानेको छैन भन्ने थाहा पाए मात्र प्रगति गर्छ । मुर्ख त त्यो मानिस बन्छ जसलाइ आउदैन तर आउँछ भन्ने भ्रम पाल्छ । हामी पुर्वीयहरुले यस्तै भ्रम पालेर राखेका छौँ जस्तो लाग्छ । हामी विरासत प्राप्त ज्ञान र सिपमा दङ्ग परेर मात्र बसेका थियौ, छौँ । दङ्ग पर्न नराम्रो होइन तर दङ्गगमात्र परिरहन प्रगतिको उकालो होइन । भोलि पनि उस्तै दङ्ग परिरहन्छौँ कि भन्ने डर लाग्छ ।
संचार र यातायातले संसार साघुरो बनाइरहेको आजको समयमा कसैको खोज उसको मात्र पेवा भएर बस्न सक्दैन । ज्ञान सिपहरु भुमण्डलीकरण भएर गएका छन् । पश्चिमाहरुको ज्ञान हामीले पहिलाको भन्दा सहजै प्राप्त गर्न सकेका छौँ । उनीहरुले १०० बर्ष लगाएर पाएको ज्ञान हामी केही बर्षमा सिक्न सक्छौँ । उनीहरुको प्रभाव हामीहरुको धर्म सस्कृतिमा भए पनि उनीहरुको प्रभावले बिकास पनि भएको छ । यदि हामी उनीहरु जस्तो बन्न सक्दैनौँ भने उनीहरु बन्नपर्छ । हामी यस्तै सोच्छौँ । उनीहरुको देशमा गएर हामी बिदेशी बनेका छौँ । तर राम्रो पनि पक्ष छ हामीले उनीहरुको अनुभव पनि लिएर आउन पाएका छाँै ।
चीनले बुझेको छ । किन अमेरिका शक्तिसाली छ ? ऊ किन अझै शक्तिशाली बनिरहन चाहन्छ । के गर्नुपर्छ उनीहरु जतिको शक्तिसाली बन्न ? यिनै उत्तरहरु पत्ता लगाएर चीन आफ्नो तिक्ष्ण दिमागहरुलाइ पलाएन हुनबाट रोक्ने प्रयास गर्दै छ । भारतलेपनि बुझ्दै छ । आफ्ना विद्धानहरुलाइ आफ्नै देशमा राख्ने हरप्रयास गर्दै छ । तब न भुराजनीतिको मार यो क्षेत्रमा छ । सायद अब अमेरिकाले (अनि उसका सहयोगीहरुले) फेरि आफैलाइ प्रस्न गर्न पर्ने भएको छ । किन चीन अघि बढ्दै छ ? के अहिले गरिरहेको चीन प्रतिको भुराजनीतिक राजनीतिले मात्र सफलता पाइन्छ ? उनीहरुले बुझ्नपर्छ अब एसिया पहिलाको जस्तो अबुझ छैन । आफ्नामाथि हुने रणनीतिको भेउ पाउन लागेको छ ।
आफू शिखरमा रहिरहन के शिखरमा चढ्न चाहनेहरुलाइ खुट्टाले हानेर पछाडि धकेलिरहने कि आफु अझ अघि बढ्नलाइ अर्को बाटो खोज्ने ? के आफ्नो अधिकार खोज्न आउनेलाइ आफ्नो भाग खोसिने डरले पेलिरहने हो त ? कि अझ अघि बढ्ने उपाय खोज्ने हो ? किन मैले अझ, प्रगति गर्न सकिरहेको छैन ? के म मेरो शक्तिको क्षमताको उत्कर्षमा पुगेँ त ? के सगरमाथाको शिखरभन्दा माथि राख्ने अर्को पाइला छैन ? किन छैन ? के शिखरमा बसिरहने मेरो मात्र अधिकार हो ? सायद शिखरमा बसिरहनु चढ्नुभन्दा गाह्रो छ । के उकालो आउदै गरेकाहरुले मेरो खुट्टा तानेर आफू उक्लिन लागेका त छैनन् ? उनीहरुले मेरो खुट्टा तान्न भन्दा अघि म आफै उनीहरुलाइ लात्ताले हानेर पछार्न पर्छ ।
के साचै यस्तो तर्कले प्रगति गरिन्छ ? किन मानिसमा, देशहरुमा यस्तो मूर्खता व्याप्त छ ? किन ? आखिर किन ?
(धुलिखेल अस्पताल)