बल्ल बल्ल देखापर्यो जून
घना जंगलका बिचमा
अँध्यारोमा हराइरहेको बेलामा
जून आँखा बनेर उज्यालियो
आशा बनेर आइपुग्यो
अब हिँड्छु म मेरो गन्तव्यसम्म
उही आशाका साथ
उही उमंगाका साथ ।
बास बसेका चराचुरुंगीलाई म बिथोल्दिनँ
मसँगै हिँडिरहेको मेरो छायाँलाई
अलग कहिल्यै गदिॅनँ
निरन्तर मैसँग हिँड्ने मेरो छायाँलाई
म स्नेहले सुम्सुम्याउँछु
मोडहरुमा म पखिॅन्छु उसलाई
घना जंगलले छेकेको हो उज्यालोलाई
अलि अघि बढ्ने बित्तिकै
जूनको उज्यालो फेरि भेटिन्छ भनेर
सम्झाउँछु म उसलाई ।
अंगालोभरि जून बोकेर
म उज्यालोकै गीत गाउँछु
जूनले नुहाउँछु
जूनकै उज्यालोमा रमाउँछु
हेर हेर त
मसँगै मेरो छायाँ पनि नाचिरहेछ ।
यात्रामा भोक नि लाग्छ
पक्कै थकान नि लाग्छ
तर मलाई थाहा
यो घना जंगल पार गर्नेबित्तिकै
उज्थालो घामले मलाई न्यानो अंकमाल गर्ने छ ।
(तरहरा, सुनसरी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।